सरस्वती उच्चतर माध्यमिक विधालयका छात्र सूर्यम सुब्बा डा० बीआर अम्बेडकर मेघा पुरस्कार २०१७ द्वारा सम्मानित भएका छन् | पछौटेवर्ग कल्याण विभागका अधिकारीद्वारा प्राप्त अधिकारिक पत्र अनुसार उनी वर्ष २०१७ को माध्यमिक परिक्षामा प्राप्त प्रतिशतको आधारमा विभागद्वारा निर्धारित कोटा अनुसार छनौट भएका हुन् | यसै सुखद उपलक्ष्य विधालयकी शिक्षिका प्रभारी सिके राईले शिक्षक, अशिक्षण कर्मचारी, संचालन समिति लगायत समग्र विधार्थी समुदायको पक्षमा पछौटेवर्ग कल्याण विभाग जीटीएलाई हार्दिक आभार व्यक्त गरेकी छन् भने विभालय टपर छात्र सूर्यम सुब्बालाई शुभकामना साथै आशीर्वचनले अभिसिन्चित गरेकी छन् | उल्लेखीय सूर्यम सुब्बाले यस वर्षको माध्यमिक परिक्षामा ५३८ अंक हासिल गरि विधालयका अब्बल विधार्थी बन्ने अवसर हत्याएका थिए | उनी पठन पाठनको क्षेत्रमा लगनशील छात्र हुनका साथै एक अनुशासन प्रिय छात्र थिए | यसको अतिरिक्त साहित्य, कला र विज्ञानको क्षेत्रमा अगाध रुचि राख्ने सूर्यम सुब्बा आफ्ना गुरुजनका प्रिय साथै सहपाठीहरु माझ पनि उत्तिकै सहयोगी थिए | माध्यमिक स्तरको अध्ययानपछि हालमा उनी सन्त रोबर्ट्स विधालय दार्जीलिंगमा विज्ञान विषय लिएर अध्ययनरत छन् | उनको यस उपलब्धिमा विधालय परियार हर्षित हुनका साथै गौरवान्वित बनेको छ साथै यस सुखद अवसरमा उनलाई धेरै धेरै बधाई र शुभकामना टक्राउदछ ||
सरस्वती विधालयका सूर्यम सुब्बा डा० बीआर अम्बेडकर मेघा पुरस्कारले सम्मानित
10Dec2017
Post a Comment