स्थानीय लाब्दा एमएसके पाठशाला भवनमा गोरामुमो लाब्दा प्रशाखा जीएनडब्ल्युओको पुरानो कमिटि विघटन गरेर नयाँ कमिटि गठन गरिएको छ | सरिता तामांगको सभापतित्वमा सम्पन्न जीएनडब्ल्युओ गठन गरियो जसमा सभानेत्री मनिता तामांग, उपसभानेत्री पुर्णिमा गुरुङ, बिमला राई, सचिवा पुनम राई, कमल कुमारी राई, रोशनी राई, कोषाध्यक्ष भूमिका तामांग, तारा राई, प्रमुख सल्लाहकारहरुमा रेजिना राई, माया तामांग, रन्जु राई आदि चयन गरिएको छ | सभामा बर्तमान पहाडको राजनीतक विषयमाथि अनि छैटौं अनुसुचि माथि मङपु शाखा गोरामुमो सभापति चमनसिंह प्रधानले महत्वपपूर्ण वक्तव्य समर्थकहरु माझ राखेका थिए | सभापति प्रधान जो विगतमा गोरामुमो अध्यक्ष दिवंगत सुबास घिसिंगको नेतृत्वमा चलेको ४० दिने बन्दको समय ८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने एक कट्टर गोरामुमो समर्थक हुन् | विगत २००७ सालदेखि चलेको गोजमुमो लहरमा पनि आफु एकसुत नडगमगाई केवल गोरामुमोको रट लगाउनुमा तिनको गोरमुमोमाथि धेरै नै बिश्वास र आस्था रहेको स्पष्ट बुझ्न सकिन्छ | यसरीनै सभालाई खरसाङ ब्रान्च कमिटि सदस्य केबी गुरुङ, मङपु जोन उपसभापति अल्बर्ट तामंग आदिले पनि आफ्नो महत्वपूर्ण वक्तब्यले सम्बोधन गरेका थिए ||
गोरामुमो जीएनडब्ल्युओ लाब्दा प्रशाखाको संसोधन
10Dec2017
Post a Comment