ममतामय बन्दैछ कालेबुंग, भित्रिन्दैछ वाहनमा तृणमूलको झण्डा अनि शहरमा फर्फराउन थाल्यो मोर्चाको झण्डा

Morcha TMC flag in Kalimpong super market to welcome CM Mamata Banerjee
Morcha TMC flag in Kalimpong super market to welcome CM Mamata Banerjee
कालेबुङ 24 मई, डीके वाइबा: मुख्यमन्त्री ममता ब्यानर्जी 28 मईका दिन कालेबुङ आउने निश्चित भएको छ। उनको स्वागतलाई लिएर तृणमूल कङ्ग्रेसको झण्डा वाहनमा लादेर कालेबुङ भित्रिने कार्य आरम्भ भएको छ। हिल तृणमूल कङ्ग्रेसले मुख्यमन्त्रीको स्वागातमा बिभिन्न ठाउँहरूमा पार्टीको झण्डा लगाउने भएको कारण बाहनमा एकाधिक मात्रमा झण्डा वाहमा भित्रिन सुरु भएको हो।

यता उनको स्वागतलाई लिएर कालेबुङमा प्रशासनिक तयारी पनि युद्धस्तरमा चलिरहेको छ। हाल पहाडको सत्तासिन राजनैतिक दल गोर्खा जनमुक्ति मोर्चाले पनि मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतको तयारी गरिरहेको छ। जसको निम्ति कालेबुङ शहरको मेन रोडमा पार्टीको झण्डा लगाउने कार्य गरेको छ भने डम्बर चौकदेखि कञ्चन सिनेमा हलको बाटोमा भने चेन फ्याल्ग लगाउने कार्य आरम्भ गरेको छ।

आगमी 28 मईका दिन कालेबुङ आइपुगे मुख्यमन्त्री ममता ब्यानर्जी 1 जूनका दिन कोलकोता फर्कने कार्यक्रम रहेको छ। पाँच दिवसीय कालेबुङ भ्रमण आउने मुख्यमन्त्री ममता ब्यानर्जीले 29 मईका दिन डा. ग्राह्म होस्म ग्राउण्डमा सम्पूर्ण बिकास बोर्डहरूका संयुक्त समितिको आयोजनामा सम्पन्न हुने कार्यक्रममा सहभागी बन्ने भएकी छन्। सोही भ्रमण अवधी मुख्यमन्त्रीले आगमी 30 मईका दिन जिल्ला प्रशासन, पुलिस प्रशसन अनि जिटिए प्रशासनसँग प्रशासनिक वैठक गर्ने कार्यक्रम रहेको छ।

मुख्यमन्त्री ममता ब्यानर्जी 28 मईका दिन कालेबुङ आउने निश्चित भएको छ। उनको स्वागतलाई लिएर तृणमूल कङ्ग्रेसको झण्डा वाहनमा लादेर कालेबुङ भित्रिने कार्य आरम्भ भएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.