ममतालाई मोर्चा र हिल तृणमूलले संयुक्त स्वागत गर्ने, एल.बी राईले भने –‘जीटीए सँग मिलेर काम गर्नेछौँ’

Mamata Banerjee in Happy mood
कालेबुङ 24 मई, डीके वाइबा: गोर्खा जनमुक्ति मोर्चा (बिनय गुट) अनि हिल तृणमूल कङ्ग्रेसले मुख्यमन्त्री ममता ब्यानर्जीलाई संयुक्त स्वागत गर्ने भएको छ। हिल तृणमूल अध्यक्ष एल.बी राई अनि उनका प्रतिनिधी टोली लगायत जीटीए उपाध्यक्ष एवम् गोजमुमो महासचिव अनित थापाको वैठकपछि उक्त निर्णय लिइएको हो। उनीहरू आज कालेबुङको डेलोमा बैठक बसेका थिए। वैठकमा मुख्यमन्त्रीललाई मिलेर संयुक्त रूपमा स्वागत गर्ने निर्णय लिइएको एल.बी राईले बताएका हुन्।
‘पहाडमा शान्ति ल्याउनका निम्ति सबैले कोशिस गरेको छ। जीटीएसँग हामी जतिपनि कामकुरो हुन्छ ती सबै संयुक्त रूपमा मिलेर गर्छौँ। उहाँहरूसँग मुख्यमन्त्रीलाई कसरी स्वागत गर्ने भन्ने विषयमा वैठकमा चर्चा गर्यौँ । हामीले वैठकमा मिलेर स्वागत गर्ने निर्णय लिएका छौँ’ हिल तृणमूल अध्यक्ष एल.बी राईले वैठकपछि पत्रकारहरूलाई भने। वैठकमा अन्य विषयहरूमा पनि चर्चा भएको बताउँदै अन्य बिषयहरूबारे पछि चर्चा गर्ने उनले बताएका छन्।
अर्कोतर्फ अहिलेघरी पहाडमा राजनैतिक शक्ति बृद्धि गर्नलाई गोजमुमो अनि हिल तृणमूल कङ्ग्रेसले आ-आफ्नै प्रकारले सङ्गठन बिस्तारको क्रमलाई तिब्रता दिइरहेको छ। यस्तो अवस्थामा दुईवटा भिन्न भिन्नै राजनैतिक दलमाझ द्वन्द्वको सम्भावनाबारे प्रश्न गर्दा राईले प्रजातन्त्रमा सबैले राजनीति गर्ने अधिकार भएको बताउँदै आफुहरूले आफ्नै तरिकाले सङ्गठन बिस्तारको क्रम अघि बडाउँने बताएका छन्।
कालेबुङ आइपुगेका राईले हिल तृणमूल कार्यकर्ताहरूसँग पनि वैठक गरेका छन्। वैठकमा राज्यसभा सांसद शान्ता छेत्रीको पनि बिशेष उपस्थिति रहेको थियो भने उनले अघिका वैठकहरूको सम्पूर्ण रिपोर्ट अध्यक्ष राईलाई सुम्पने बताए। यसक्रममा एल.बी राईलाई जीटीए चुनावबारे प्रश्न गर्दा चुनावबारे कुनै जानकारी नभएको बताउँदै राजनीति केवल चुनावका निम्ति गर्नु ठुलो कुरा नरहेको बताएका छन्।
 ‘चुनावको निम्ति मात्र सङ्गठन गर्नु होइन। हामीले यहाँको बिकासका कार्यहरू गर्नुछ। अन्य धेरै कार्यहरू गर्न बाँकी छन्। यदि हामीले राम्रोसँग काम गर्यौँ  भने चुनाव त जितिहाल्नेछौँ’ एल.बी राईले भने।
उनले पहाडमा शान्ति र बिकास ल्याउन आवश्यक रहेको भन्दै सबै मिलेर एकसाथ बिकास गर्नु राम्रो कार्य रहेको बताएका गरेका छन्। पत्रकारहरूसँग बोल्दै पहाडमा जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसन बनिएपछि धेरै बिकास कार्यहरो भइरहेको दाबी गर्दै राईले अझ धेर बिकास कार्यहरू हुने दाबी पनि गरेका छन्।

गोर्खा जनमुक्ति मोर्चा (बिनय गुट) अनि हिल तृणमूल कङ्ग्रेसले मुख्यमन्त्री ममता ब्यानर्जीलाई संयुक्त स्वागत गर्ने भएको छ। हिल तृणमूल अध्यक्ष एल.बी राई अनि उनका प्रतिनिधी टोली लगायत जीटीए उपाध्यक्ष एवम् गोजमुमो महासचिव अनित थापाको वैठकपछि उक्त निर्णय लिइएको हो।

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.