सेभोक रम्फू रेलवे मुद्दामा हाइवे लोहापुल रोङचोङले रिसर्वेको माग गरेको छ | आज रङली रङलियट खण्ड हिल तृणामूल कांग्रेसले रोङचोङ ग्राम पंचायत अन्तर्गत पर्ने रेल्वे सुरुङ खनाइद्वारा प्रभावित ग्रामबासीको समस्यालाई लिएर पहल गर्दै ग्रामबासीको साथमा तक्दाह खण्ड अधिकारी अनि रेल्वे विभागक अधिकारीहरुसित लोहापुल स्थित सार्वजनिक भवनमा एउटा बुझाबुझ सभा बस्यो | यही सभा बिच गाउँलेहरुले खण्ड अधिकारी लगायत रेल्वे विभागका अधिकारीहरुसित प्रत्यक्ष दुखेसो, आक्रोश पोख्नुको साथै क्षतिपूर्तिको माग गरेको छ | गत शुक्रबार सुरुङ खनिएकोमाथि पहिरो चलेकोले कारण गाउँलेहरु चिन्तित अनि भयभित बनेपछि नै यो मुद्दा गर्मिएको बुझिएको छ | प्राय: २ घण्टा जतिको तातो बहसपछि पनि गाउँले साथै रेल्वे विभागको कुरा नमिल्दा आगमी सोमबारदेखि पुन: सर्वे गरेर प्रभावित घरहरुलाई विभागबाट पाउन सक्ने क्षतिपूर्ति दिलाउने अधिकारीहरुले जनाए | बिशेष गरेर सुरुङदेखिको प्रभावित घरको दुरी हेरेर नै पिडित ग्रामबासीलाई क्षतिपूर्ति दिने सम्बन्धित विभागको भनाई रहेकोले नै समस्या झनै गर्मिएर गएको बुझिएको छ | यता ग्रामबासीको पक्षमा बोल्दै हरी न्युपानेले सेभोकदेखिको रम्फूसम्म कही पनि रेल्वेको काम भएको थिएन तर हाम्रो गाउँमा धेरै कम्ति ग्रामबासी रहेकोले नै हेपेरनै सबै भन्दा पहिला यस क्षेत्रबाट काम भएको आरोप लगाए भने रेल्वे विभागले यसको प्रतिक्रिया दिंदै यस क्षेत्र सिन्कोनाको रहेकोले सरकारबाट एनओसी पाएको करण हामीले काम गरेका हौँ भनेका थिए तर हरी न्युपानेले यो क्षेत्र सिन्कोनाको नरहेर खासमल क्षेत्र रहेको बताए |
ग्रामबासीको भनाई के छ भने रेल्वे लाइन शुरु गर्नु राम्रो कुरो हो हामी स्वागत गर्छौं तर यसबाट प्रभावित हामी ग्रामबासीले उच्चित क्षतिपूर्ति पाएको हुनपर्छ | समतलमा जस्तो पहाडी क्षेत्रमा क्षतिपूर्तिको आंकडन हुँदैन, पहाडको फेदमुनि सुरुङ खनेपछि माथि बसोबासो गर्ने जम्मै ग्रामबासी भविष्यमा खतरामा पर्न सक्छ यसैले सम्बन्धित विभागले आफुखुसी सुरुङ खन्न पाउनेछैन |
आकोषित गाउँलेहरुलाई साम्य पार्दै रङली रङलियट हिल तृणामूल कांग्रेस उपसभापति तथा रोङचोङ जीपी सभापति बीएस राईले रोङचोङ ग्रामपंचायतका ग्रामबासीको असुविधालाई मध्य नजर राख्दै पार्टीले डीएमसम्म कुरा राख्दा आज आएर बीडीओसित वार्ता बसेको हो र यसै मुताबिक आउँदो सोमबारदेखि पुन: सर्वे भएर ग्रामबासीले पाउन पर्ने क्षतिपुर्त साथै आवश्यक परिवारलाई पुनर्वासको सुविधा सम्बन्धित विभागले गरिदिने कुरोमाथि बिश्वस्त रहेको बताए भने यदि भविष्यमा गाउँलेहरुको समस्यालाई अनदेखा गरिए पार्टीले अझ ठुलो पदक्षेप लिने बताए | आज बसेको सभामा आर आर ब्लक हिल तृणामूल कांग्रेसका पार्टी प्रतिनिधिहरुमा कार्यकारिणी सभापति अर्पणदीप थापा, सचिव बिसाल राई, सिन्कोना प्लान्टेशन लेबर युनियन सभापति संजय थापा, रोङचोङ जीपी सहसचिव नबिन मिश्र, वार्ड नम्बर ६ सभापति पवल प्रधान, सल्लाहकार डीबी गुरुङ, हरि न्युपाने, अर्जुन तामांग लगायत क्षेत्रका हिल टीएमसीका युवा झुण्डबाट साजन गुरुङ, मदन तामांग, मन्देश राई, बिक्रम छेत्री, बिक्की तामांग आदि उपस्थित रहेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?