मङपु पुलिस आउटपोस्टद्वारा मोमो च्यालेन्ज बारे सचेतना कार्यक्रम

awareness programme on momo challange game
अहिले घरि इन्टरनेटको माध्यमबाट राम्रो काम संगै कतिपय अनैतिक कामहरुले पनि आफ्नो बजार बडाउन थालेको पाइएको छ | यही सन्दर्भमा सामाजिक सन्चाल फेसबुक वाट्सएप आदिको माध्यमबाट ह्याकर्सहरुले विधार्थी नानीहरु संगै अन्यलाई नकारात्मक कार्यतिर उन्मुख गराइरहेको पाइएको छ | विगत वर्षहरुतिर ब्ल्यु व्हले भन्ने एउटा इन्टरनेट गेमले धेरै मानिसहरुलाई मृत्युको मुखमा धकेलेको थियो भने हालमा त्यस्तै मोमो नामक एउटा गेमले खरसाङका व्यक्तिलाई मृत्यु दिएको छ | वास्तवमा पहिले डाटा ह्याकर्स जस्तै बर्तमानमा तकनिकीको चरम सिमा नाघेर माइन्ड ह्याकर्सहरुले यस प्रकारको सम्मोहित पार्ने गेम बनाएर मानिसहरुको दिमागलाई नै एकोहोरे बनाइदिन्छ | कुनै पनि गेमको लत बसेपछि गेमको लेबलहरु पार गर्नलाई आतुर हुने व्यक्तिहरुले आपतकालीन जे पनि गर्न सक्छ यसैले गेमप्रति सम्मोहित बनेका मानिसहरु अन्तमा आफुलाईनै मारि पठाएको समचार जताततै छ | यही विषयलाई आधार बनाएर अहिले घरि दार्जीलिंग पहाडमा पनि प्रशासन खुबै सक्रिय बन्दै गइरहेको छ | आज रङली रङलियट थाना अन्तर्गत पर्ने मङपु पुलिस आउट पोस्टले पनि विधार्थीहरुलाई यस प्रकारको गेमहरुदेखि सचेत गराउन एउटा सचेतना कार्यक्रम आयोजना गर्यो | आउटपोस्ट प्रभारी एसआई पासाङ तामांग, एएसआइ तपन गोहा अनि अन्य पुलिसकर्मीको तत्परतामा ज्ञानपीठ विधालयमा एउटा सचेतना कार्यक्रम गर्दै यस प्रकारको गेमले बिशेष गरेर विधार्थी नानीहरुलाई प्रभावित पार्ने हुनाले मोमो च्यालेन्ज जस्तो जीवन घातक गेमको च्यालेन्ज आफ्नो फोनमा आए कसैले पनि नखेलीदिने अनि इन्टरनेटको सदुपयोग गर्ने सुझावहरु दिएका थिए | विधालय प्रधान अध्यापक बीके गुरुङ अनि अन्य शिक्षक शिक्षिकाहरुको उपस्थितिमा चलेको यस सचेतना कार्यक्रममा इन्टरनेटबाट हुने यस प्रकारको हानीहरु बारे प्रस्ट पार्दै एसआई पासाङ तामांगले विधार्थीहरुले यस्तो नचाहिँदो काम कुरोदेखि आफु अनि आफ्नो साथीहरुलाई पनि सचेत गराउनु पर्ने कुरा बताए ||

अहिले घरि इन्टरनेटको माध्यमबाट राम्रो काम संगै कतिपय अनैतिक कामहरुले पनि आफ्नो बजार बडाउन थालेको पाइएको छ | यही सन्दर्भमा सामाजिक सन्चाल फेसबुक वाट्सएप आदिको माध्यमबाट ह्याकर्सहरुले विधार्थी नानीहरु संगै अन्यलाई नकारात्मक कार्यतिर उन्मुख गराइरहेको पाइएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.