केरलाबासीको निम्ति ब्रीज अफ होपले शुरु गर्यो राहत संकलन

Kerala flood relief donation camp by Bridge of hope
भारतको केरला राज्यमा प्राय: १०० सालभित्रको सबै भन्दा ठूलो विनाशकारी बाडको प्रकोपमा परेर केरलाबासी खुबै प्रभावित बनेको छ | अहिलेघरि सम्पूर्ण भारतनै केरलाबासीको दु:खमा साथ दिन राहत सामग्रीहरु जुटाउने अनि अन्य सहयोगहरु गर्ने क्रम चलिरहेको छ | यता दार्जीलिंग पहाडबाट पनि विभिन्न संघसंस्थाहरु केरला बचाउ अभियानमा उत्रिसकेको छ भने स्थानीय संस्था ब्रीज अफ होप मङपु शाखाले पनि केरलाबासी माथि आइपरेको यस प्रकारको प्राकृतिक आपदामा आर्थिक सहयोगको हात बडाउन आजदेखि अर्थ संग्रह गर्न शुरु गरेको छ | ब्रीज अफ होप जो प्राय: २००७ सालदेखि अस्तित्वमा आएको एउटा संस्था जसले प्राय: जसो सामाजिक गतिविधिहरुमा ध्यान दिंदै ससाना विधार्थी नानीहरुलाई स्कूल ब्याग, जुत्ता आदि आवश्यक सामग्रीहरु पनि वितरण गर्दै आइरहेको सर्वविधित नै छ | संस्थाको मङपु शाखा कोअर्डिनेटर बजेन शेर्पाको अगुवाईमा चलिरहेको यस राहतको निम्ति अर्थ संकल क्याम्पले आज एउटा र्यालीको आयोजना गर्दै रेशेप बजारदेखि नालीडाँडासम्म आएर अर्थ संग्रह गर्ने कार्य गरेको छ | कोअर्डिनेटर शेर्पाको भनाई अनुसार ब्रीज अफ होपको दार्जीलिंग, कालेबुङ अनि टीस्टा शाखाले पनि केरलाको निम्ति राहत संकलन गर्ने कार्य शुरु गरिसकेको छ | यस्तो प्राकृतिक आपदा भोलिको दिनमा हामीमाथि पनि आउन सक्छ, यसैले आज केरला रोइरहेको छ जसमा हामीले पनि एउटा मानवताको नाताले सहयोग गर्ने अभिप्राय राखेका छौँ | एउटै देशबासी र मानवताको नाताले पनि सबै संघ संस्थाहरुले यस दु:खको घडीमा सहयोग गरिदिए धेरै परोपकारी कार्य हुनेछ कोअर्डिनेटर शेर्पाले भने || 

भारतको केरला राज्यमा प्राय: १०० सालभित्रको सबै भन्दा ठूलो विनाशकारी बाडको प्रकोपमा परेर केरलाबासी खुबै प्रभावित बनेको छ | अहिलेघरि सम्पूर्ण भारतनै केरलाबासीको दु:खमा साथ दिन राहत सामग्रीहरु जुटाउने

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.