जातगोष्ठीको मुद्दामा बिमल र भाजपाले झूटो बोलिरहेको विनय तामाङको दावी

RTI report regarding inclusion of 11 Gorkha Community in ST status
एकातिर आज दिउँसोमात्र गोजमुमो अध्यक्ष विमल गुरूङले केन्द्र सरकारले 11 जातगोष्ठीलाई चाड़ै जनजातिको मान्यता दिने दावी गर्दै केन्द्र सरकारलाई धन्यबादसमेत दिँदै एउटा प्रेस विज्ञप्ति जारी गरेका छन् भने विमल गुरूङको उक्त दावीसितै भाजपासमेतले यस विषयमा झूटो बोलिरहेको दावी गोजमुमो अध्यक्ष विनय तामाङले गरेका छन्।

गोजमुमो अध्यक्ष तामाङले आज प्रेस विज्ञप्ति जारी गरी विमल गुरूङले गरेको दावीको ठीक विपरीत केन्द्रिय जनजाति मामिला मन्त्रालयले एउटा आरटीआईको जवाब दिँदै आरजीआईले जनजातिको मुद्दालाई खारेज गरिदिएको जानकारी गराएको दावी गरेका छन्। उक्त आरटीआईको प्रतिलिपिसमेत जारी गर्दै तामाङले विज्ञप्तिमा भनेका छन्- महेन्द्र थामी नामक दार्जीलिङको एकजना वासिन्दाको दुईवटा आरटीआईको जवाबमा केन्द्रिय जनजाति मन्त्रालयबाट रेजिस्टर जेनरल अफ इण्डिया (आरजीआई)-ले गोर्खा जातिको 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता प्रदान गरिनुपर्ने मागलाई खारेज गरिसकेको कुरा स्पष्ट गरिसकेका छन्। आरजीआईद्वारा पहिलोपल्ट खारेज गर्दा पनि राज्य सरकारको तर्फबाट अनुमोदन गरेर दोस्रोपल्ट केन्द्र सरकारसमक्ष पठाएको थियो भने दोस्रोपल्ट फेरि आरजीआईले उक्त अनुमोदन खारेज गरेको उक्त आरटीआईमा केन्द्रिय जनजाति मन्त्रालयले जनाएको छ।
केन्द्रिय जनजाति मन्त्रालयद्वारा आरटीआईमार्फत जारी गरिएको उक्त जवाबनै भाजपा सरकार गोर्खाहरूको माग अनि सपना पूरा गर्न कति इमान्दार छन् भन्ने प्रमाणित गर्दछ भनी तामाङले भनेका छन् भने जनजातिको मुद्दालाई लिएर भाजपा अझैपनि  गोर्खाहरूलाई भावनात्मकरूपमा ब्ल्याकमेल गरेर लोकसभा चुनाउ जित्ने ताकमामात्रै रहेको तथा गोर्खाहरूलाई उनीहरूले दिएको वचन चुनावी स्टन्टमात्रै रहेको पनि पनि आरोप लगाएका छन्।
तामाङले विज्ञप्तिमा लेखेअनुसार – 15.06.199 को दिन जारी गरिएको गभर्मेन्ट अफ इण्डिया, अण्डर सेक्रेटेरी अगसर अलीद्वारा हस्ताक्षरित पत्र संख्या ((F.No: 17011/30/2017-C & LM) dated 17-September 2018) अनि पछि फेरि 25.06.2002 मा संशोधन गरिएको उक्त पत्रले नै जनजातिको मुद्दालाई तल झार्ने काम गरेको छ।जनजाति मन्त्रालयको आधारमा सम्बन्धित राज्य सरकारको परामर्श अनि अनुमोदन अनि आरजीआईको, नेशनल कमिशन फर सेड्युल ट्राइब्सको अनुमोदनमामात्रै जनजातिको दर्जा प्रदान गर्न सकिने प्रावधान रहेको छ भने 17 सेप्टेम्बर 2018 मा दिइएको आरटीआईको जवाबमा पनि यही कुरा उल्लेख गरेको छ। जवाबमा भनिएको छ- प्रावधान मुताविक सम्बन्धित राज्य सरकारबाट आरजीआईमा प्रतिक्रियाको निम्ति प्रस्ताव आएको हुनुपर्छ। तर आरजीआईले दुईपल्ट नै उक्त प्रस्तावलाई अस्वीकार गरिदिएको छ। उक्त जवाबमा उल्लेख गरिएको दुईपल्ट प्रस्ताव भन्नुको तात्पर्य नै राज्य सरकारले जनजातिको विषयमा दुईपल्ट प्रस्ताव आरजीआईलाई पठाइसकेको स्पष्ट गर्छ। तर राज्य सरकारले पठाइसकेको अनुमोदनलाई केन्द्र सरकारले गोर्खाहरूसित इमान्दार रहेको भए सकरात्मक विचार गर्नुपर्ने थियो। तर दुई-दुई पल्ट राज्य सरकारद्वारा पठाइएको प्रस्तावलाई पनि गम्भीरतासाथ पदक्षेप नलिएर भाजपाले गोर्खाहरूको निम्ति कुनै सहानुभूति नरहेको प्रमाण  दिइसकेको छ।
गोर्खा जातिका 11 वटा जातगोष्ठीलाई फेरि झूटो आश्वासनमै भुलाएर भाजपाले फेरि कतिपय भगौड़े नेताहरूको काँधमा बन्दूक राखेर आगामी लोकसभा चुनाउमा आफ्नो राजनैतिक रोटी सेक्ने षड़यन्त्र बुन्न शुरू गरिरहेको भएतापनि महेन्द्र थामीद्वारा प्रेषित गरिएको आरटीआईको जवाबमा केन्द्रिय जनजाति मन्त्रालयले जुन जवाब दिएका छन् त्यसको आधारमा हेर्ने हो भने भाजपाले जनजातिको निम्ति कुनै कार्य नगरेको प्रमाणित भइसकेको छ भने भगौड़े नेताहरूले जनजातिको मुद्दामा जनतालाई ढाँट्ने काममात्रै गरिरहेको पनि तामाङले आरोप लगाएका छन्।

अर्कोतिर जनजातिको मुद्दालाई लिएर गोर्खा जनमुक्ति मोर्चा त्यसै चुप लागेर नबस्ने पनि उनले बताएका छन्। अब भाजपाको फोस्रो आश्वासनमा होइन तर 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने दिशामा हामी प्रतिवद्ध छौं। जबसम्म केन्द्र सरकार अनि निरीक्षण कमिटीले यस विषय़मा सकरात्मक निर्णय लिनेछैन हामी आफ्नो तर्फबाट निरन्तर संघर्ष जारी राख्नेछौं ।
गोर्खाहरूलाई लिएर अलिकति पनि सहानुभूति रहेको छ भने केन्द्रमा सत्तासीन भाजपा सरकारले पनि यस विषयमा चाड़ै समाधान निकाल्नुपर्नेछ। भाजपाको झूटो आश्वासन र भगौड़े नेताहरूको भ्रामक वयानहरूसित अब पहाड़वासीले पटक्कै विश्वास गर्नेछैन। यदि यसपल्ट पनि भाजपाले झूटो आश्वासनमात्रै दिएर पहाड़ अनि तराई-डुवर्सवासीलाई लण्ड्याउन खोजे पहाड़, तराई डुवर्सक्षेत्रमा कुनै पनि राजनैतिक अस्थिरता उत्पन्न भए भाजपा सरकार स्वयँले नै जिम्मेवारी पनि लिनुपर्नेछ। किनभने यही मुद्दालाई अघि राखेर गोर्खाहरूको भोट दुईवटा लोकसभा चुनाउमा भाजपाले आफ्नो पक्षमा पारेको हो। यसर्थ पहाड़, तराई-डुवर्समा राजनैतिक अस्थिरता उत्पन्न हुन अघि नै भाजपाले आफ्नो वचन पूरा गरी हाम्रो मागलाई पूरा गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ- तामाङले विज्ञप्तिमा भनेका छन्
यसबाहेक तामाङले विज्ञप्तिमा अघि लेखेका छन्- जनजातिको मुद्दालाई यथाशीघ्र पूरा गरिनुपर्ने माग लिएर म चाड़ै प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पनि पत्राचार गर्नेछु।यसबाहेक 11 जातगोष्ठीसित सम्बन्धित संघ-संस्था एवं भारतभरिका सम्पूर्ण गोर्खाहरूलाई पनि यस मुद्दालाई शीघ्र पूरा गर्न केन्द्र सरकारलाई जोड़तोड़ले चाप सृष्टि गर्ने पनि म अपील गर्दछु। गोर्खा जनमुक्ति मोर्चाले पनि देशका हरेक गोर्खाबहुल प्रान्तहरूबाट यस मुद्दालाई चरमरूपले अघि बड़ाउनेछ भने यस मुद्दालाई उठान गर्न हरेक तहबाट अनि हरेक प्रान्तका गोर्खाहरूलाई हरेक प्रकारको सहयोग पनि गोर्खा जनमुक्ति मोर्चाले प्रदान गर्नेछ।

http://pratibymba.com/

एकातिर आज दिउँसोमात्र गोजमुमो अध्यक्ष विमल गुरूङले केन्द्र सरकारले 11 जातगोष्ठीलाई चाड़ै जनजातिको मान्यता दिने दावी गर्दै केन्द्र सरकारलाई धन्यबादसमेत दिँदै एउटा प्रेस विज्ञप्ति जारी गरेका छन् भने विमल गुरूङको उक्त दावीसितै भाजपासमेतले यस विषयमा झूटो बोलिरहेको दावी गोजमुमो अध्यक्ष विनय तामाङले गरेका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.