जीटीए मियाद बडोत्तरी गैरकानुनी मान्दै कृषक सङ्गठनले गरे राज्यपाललाई पत्रचार

Kalimpong Krishak Kalyan Sangathan secretary Vishnu Chhetri
Image for Representational purpose only
जीटीए बोर्डको मियाद बडोत्तरीलाई लिएर कालेबुङ कृषक कल्याण सङ्गठनले पश्चिम बङ्गालका राज्यपाललाई पत्रचार गरेको छ। यसबारे कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीले जानकारी दिएका छन्।
उनले जीटीए कानुनको अनुच्छेद 17 अनुसार मियाद 6 महिना बडोत्तरी गर्न सक्ने प्रावधान रहेको भन्दै 6 महिनाको मियाद समापन हुन अघिनै चुनाव गर्नुपर्ने पनि जीटीए कानुनमा उल्लेखित रहेको पनि बताएका छन्। ‘जीटीएको दुईचोटी मियाद बढाउने कर्य भयो तर मियाद बढाउनुको स्पष्ट कारण भने लेखिएको छैन। यसैकारण हामी राज्यपाललाई भेट गरेर स्पष्टिकरण माग्नेछौँ’ विष्णु छेत्रीले भने।
छेत्रीले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा जीटीए बोर्डको मियाद बडोत्तरी गर्नुमा जीटीए कानुनको नै उल्लङ्घन गर्नु रहेको पनि बताएका छन्। उनले जीटीए बोर्डको मियाद बढाउनुमा जीटीए सम्झौताको उल्लंघन रहेको भन्दै समय प्राप्त भएको खण्डमा 9 सदस्यीय टोलिले भेट गर्ने भएको पनि बताएका छन्। यसक्रममा उनले जीटीए सम्झौतामा एकाधिक कुराहरू विवादस्पद रहेको भन्दै उक्त विवादस्पद विषयहरूमा पनि स्पष्टिकरण माग्ने बताएका छन्। यदि आफुहरूले स्पष्टिकरण नपाएको खण्डमा आगमी दिनमा सङ्गठन न्यायालयमा जाने चेतावनी पनि विष्णु छेत्रीले दिएका छन्।

http://pratibymba.com

जीटीए बोर्डको मियाद बडोत्तरीलाई लिएर कालेबुङ कृषक कल्याण सङ्गठनले पश्चिम बङ्गालका राज्यपाललाई पत्रचार गरेको छ। यसबारे कृषक कल्याण सङ्गठनका सचिव विष्णु छेत्रीले जानकारी दिएका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.