Beautification of Darjeeling Chowrastha

दार्जीलिंग चौरास्तामा प्रथम चरणको सुन्दरीकरण कार्य शुरू

चौरास्तालाई सुन्दर अनि अझै आकर्षक बनाउने प्रथम चरणको काम शुरू भयो। जसअनुसार, प्रथममा चौरास्ताको फाउण्टेन वरिपरिको बार हटाइएको छ भने यस स्थानमा वरिपरि चौकी राखिने भएको छ।यसका साथै यो विगत निकै समयदेखि अचल अवस्थामा रहेको यो फाउण्टेन पनि सचल बनिनेछ। यति मात्रै होइन, प्रथम चरणको यस कार्यअनुसार, नेहरू रोडमा कबल स्टोन वा ढुङ्गा जस्तै देखिने टाइल्स लगाइनेछ। नेहरू रोडस्थित केभेन्टर्सको ठीकअघिदेखि तुङसुङ रोडको तीन दोबाटोसम्म नै कबल स्टोन लगाइने भएको छ भने घोडा अस्तवललाई पनि नयाँ रूप दिइने भएको छ।

स्मरण गराइन्छ, गत 5 अगस्तको दिन राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले यहाँको चौरास्ताबाट मङ्पूको फेदी जोगीघाटमा स्थापना हुने दार्जीलिङ हिल विश्‍वविद्यालयसँगै चौरास्ता परियोजनाको प्रथम चरणको पनि शिलान्यास गरेकी थिइन्। जसको लागि 4.45 करोड राशि अनुमोदन गरिएको थियो। यसै परियोजनाको काम शुरू भएको छ। दार्जीलिङका एक आर्किटेक्ट दिपाङ लामाको परिकल्पनाअनुासर नै चौरास्तालाई सुन्दर वा आकर्षक बनाउने काम भइरहेको छ। दिपाङ लामाले चौरास्तालाई अझै चौडादार बनाउने योजना तयार पारेका छन् अनि उनको योजनाअनुसार, चौरास्ता हालको तुलनामा 3 गुणा बेसी बढेर वा फैलिएर जानेछ।

उनले भने-चौरास्ता स्थानीय जनताको लागि जति प्यारो र आकर्षक लाग्छ, उत्तिकै यसले स्वदेशी-विदेशी पर्यटकहरूलाई लोभ्याउने गर्छ। यसैले दार्जीलिङका प्रत्येक मानिस नै चौरास्तामा केही समय बस्न रूचाउँछन्। तर यसको वर्तमान आयतन 40 देखि 50 हजार वर्ग फीट मात्रै छ। जहाँ एकपल्टमा 5 हजार मानिस बस्न सक्छन्। तर मुख्य पर्यटनको मौसममा दैनिक दार्जीलिङमा 30 हजारभन्दा अधिक पर्यटन आउँछन् अनि सबै नै चौरास्तामा जान रूचाउँछन्। यस्तो स्थितिमा एकसाथ 30 हजार पर्यटक चौरास्तामा अँट्न सक्तैन। यसैले यसलाई अझै चौडादार बनाए यहाँ व्यापक संख्यामा पर्यटक साथै स्थानीय मानिसहरू एकसाथ अँट्न सक्छन्। तरै पनि दिपाङको अन्य परियोजनाहरूले हालसम्म जीटीएको स्वीकृति पाउन सकेको छैन। दिपाङले चौरास्ताको लागि 5 वटा परियोजना बनाएका छन्, जसमध्ये केवल एउटाले जीटीएको स्वीकृति पायो अनि यसको काम पनि शुरू भएको छ। तर अन्य परियोजनाहरूलाई कार्यरूपमा ल्याउनको लागि उनको सपना विपनामा परिणत हुनसकेको छैन। उनले तयार पारेको योजनामा महाकाल मन्दिर जाने बाटोको भित्ता अनि साउथ फिल्ड कलेजको मुनिल्लोपट्टि छत फ्याँकेर दुइतला बनाइनेछ।
ताकि मुनिल्लो साउथ फिल्ड कलेजको मुनिल्लोपट्टि बनिने तल्लो तलामा गाडीको पार्किङ हुन सकोस् अनि माथिल्लो तला चिल्ड्रेन पार्क। यसरी नै महाकाल मन्दिर जानेतर्फ माथिल्लो तलामा यस्तै पार्क वा मानिसहरूलाई बस्ने व्यवस्था  र मुनिल्लो तलामा हकरहरूलाई राख्ने व्यवस्था गर्नुपर्ने उनको परिकल्पना छ। तर यसमाथि अहिलेसम्म जीटीए वा सम्बन्धित विभागबाट स्वीकृतिको कुनै संकेत नपाएको दिपाङले बताएका छन्। यति मात्रै होइन, अन्य परियोजनामा उनले साउथ फिल्ड कलेजदेखि राजभवन नजिक मल रोडसम्म फ्लाई ओभर निर्माण गर्ने पनि सामेल छ, जुन फ्लाई ओभर मूल सडकको ठीक माथि भएर जानेछ। जसमा आम जनता हिँड्नेछन् अनि मुनिको सडकमा गाडी। यदि दिपाङको यस परियोजनाले स्वीकृति पाएर चौरास्ता उनको योजनाअनुसार विकसित भए साँच्चै चौरास्ता अझै आकर्षक बन्नेछ।

http://pratibymba.com 

चौरास्तालाई सुन्दर अनि अझै आकर्षक बनाउने प्रथम चरणको काम शुरू भयो। जसअनुसार, प्रथममा चौरास्ताको फाउण्टेन वरिपरिको बार हटाइएको छ भने यस स्थानमा वरिपरि चौकी राखिने भएको छ।यसका

Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.