विमललाई गाली गर्दै हर्कबहादुर ममताको प्यारो हुन खोजिरहेको काम्बाङले लगाए आरोप

GJM leader Narendra Kambang
गोजमुमोका भूमिगत युवा नेता नरेन्द्र काम्बाङले जन आन्दोलन पार्टीका अध्यक्ष डा. हक्रबहादुर छेत्री जनताबिहीन भएर पनि विमल गुरूङ र भाजपालाई गाली गरेर ममताको प्यारो हुन खोजिरहेको आरोप लगाएका छन्। डा. छेत्रीले हिजो कालेबुङमा एउटा सभालाई सम्बोधन गर्दै गोर्खाल्याण्ड माग्ने नेताहरू टिकाऊ नभएर बिकाऊ भएको तथा भाजपाले गोर्खाहरूलाई धोका दिएको बयान दिएका थिए भने सोही बयानको जवाबमा विमलपन्थी युवा नेता नरेन्द्र काम्बाङले आज एउटा लिखित बयानमार्फत डा. छेत्रीमाथि उक्त आरोप लगाएका हुन्।

जाप पार्टीको वक्ताहरुको वक्तव्य सुनेपछि जो कोहीलाई पनि वहाँहरु वर्तमान पहाडको राजनीतिको जोखाना हेरेर बंगालको जतिसक्दो छिटो नजीक हुने तारतम्य गरेको बुझिन्छ- काम्बाङले भनेका छन्।
बीजेपी र विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाको गठबन्धन भारतभिर छरेको गोर्खाहरुको हितमा मात्र केन्द्रित रहेको पनि उनले दावी गरेका छन् भने डा.  हर्कबहादुर छेत्रीले घरिघरि भुमिपुत्र र तार्किक क्षमता भएको व्यक्तिलाई सांसद बनाउने कुरा गर्दै आफैलाई सांसदको निम्ति प्रोमोट गरिरहेको पनि काम्बाङले आरोप लगाएका छन् भने राजनैतिक धरातलमा डा. छेत्रीको नाम ब्ल्याकलिस्टेट रहेको पनि उनले बताएका छन्।
डा. छेत्रीमाथि तारो गर्दै उनले भनेका छन्- सुवास घिसिङको नकारात्मक टिप्पणी गरेर परिचित भएको र विमल गुरुङको चाप्लुसी गरेर विधायक भएर गोर्खाल्याण्डको मुद्दालाई कहाँ थन्को लगाएको छ जनताले प्रष्ट बुझेको छ।

भूमिगत नेता विमल गुरुङ र अन्य आन्दोलनकारी कसरी वापसी हुन्छ भन्ने कुरामाथि चिन्ता नरहेको उल्लेख गर्दै समय र जनताले नै आफूहरूलाई पहाड़ फर्काउने पनि उनले दावी गरेका छन्। जुन कानूनको दुरुपयोग गरेर ममता र केही कूलघातीहरुले आन्दोलनकारीहरुलाई बाहिराएको छ सोही कानुनले हामीलाई ससम्मान भित्र्याउने छ– उनले भनेका छन्।

http://pratibymba.com

गोजमुमोका भूमिगत युवा नेता नरेन्द्र काम्बाङले जन आन्दोलन पार्टीका अध्यक्ष डा. हक्रबहादुर छेत्री जनताबिहीन भएर पनि विमल गुरूङ र भाजपालाई गाली गरेर ममताको प्यारो हुन खोजिरहेको आरोप लगाएका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.