Pandam tea Estate, Kafebari,Ging joins TMC party

पान्दाम चियाबारी वरिपरीका ८० परिवारले थापे शारदा राई सुब्बाबाट टीएमसी पार्टीको झण्डा

गत २३ सेप्टेम्बर, २०१८ को दिन पान्दाम चियाबारीको कम्युनिटि हलमा बुथ नम्बर २३/१४२ अनि १४३ तृणमूल कंग्रेस कमिटि लिएर एक सांगठानिक सभा सम्पन्न भयो। २३/१४२ अनि २३/१४३ पान्दाम चियाबारी बुथ कमिटिको सभापति पासाङ्ग तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त सभामा दार्जीलिङ तृणमूल कंग्रेस पार्टी प्रभारी श्रीमति शारदा राई सुब्बा विशेष रुपमा उपस्थित रहेकी थिइन भने पुरण तामाङ लगातय, आर आर ब्लक तृणमूल कंग्रेस सभापति, बिजनबारी ब्लक तृणमूल कंग्रेस कमिटिका सभापति, कार्यकारी सभापति, महासचिव, सह सचिव, महिला नेतृत्व, युवा नेतृत्व लगायत विभिन्न ग्राम पञ्चायत कमिटिका नेतृत्वहरु उपस्थित थिए। सभामा पार्टीलाई बुथ स्तरदेखि बलियो बनाएर राज्यकी मुख्यमन्त्री अनि तृणमूल कंग्रेस पार्टीको नेत्री ममता ब्यानर्जीको भिजन अनुसार गरिब भन्दा गरिब परिवार सम्म सरकारी साहुलियतको सुविधाहरु कसरी पुराउनु ? कसरी बुथ स्तरको आम मानिसहरुलाई राज्य र देशसित जोडनु ? भन्ने विषयमा विषद चर्चा र छलफल गरियो। सभामा पान्दाम चियाबारी, काफेबारी गाउँ गिङ चियाबारी लगायत वरिपरीबाट जम्मा ८० परिवारले श्रीमति शारदा राई सुब्बाको हातबाट पार्टीको झण्डा थापेर तृणमूल कंग्रेसमा समावेश भए। मिडियासितको कुराकानीमा  शारदा राई सुब्बाले भनिन् - भावनात्मक रुपमा उग्र भएर आआफ्नै गाउँ घरमा अशान्ति गरेर, आआफै माझमा लडेर, आफ्नै मान्छेको घर जलाएर, आफ्नै मान्छेको घर तोडफोड गरेर, आफ्नै मान्छेलाई खेदाैरी लगाएर, आफ्नै सरकारी सम्पति जलाएर, आफ्नै छोरा छोरीहरुको स्कुल कलेज बन्द गरेर दार्जीलिङ पहाड अनि पहाडबासी हरेक क्षेत्रमा सय बर्ष पछाडि भएका छाैँ। यो प्रकारको राजनीतिले हामीलाई त पिरल्यो पिरल्यो आउने नयाँ युवा पिढीको भविष्यलाई नपिरलोस, उनीहरुको भविष्यसित कसैले खेलवाड नगरोस र गरिबले पाउने साहुलियतमाथि कुनै राजनैतिक हस्तक्षेप नहोस भनेर नै राज्यको सत्तासिन पार्टी र पार्टीकी नेत्री सुश्री ममता ब्यानर्जीको नेतृत्वमाथि भरोसा राखेर गाउँ गाउँका आम मानिसहरु तृणमूल कंग्रेस पार्टीमा स्वेच्छाले समावेश भइ रहेकाछन्। पहाडको कुना कन्दराका गाउँवासीहरुले पनि हामीसित सम्पर्क गरिरहेका छन्। यो दार्जीलिङ पहाड र पहाडवासीको उन्नतिकोलागि शुभ राजनैतिक संकेत हो। कुनै लोभ लालच कुनै प्रलोभन बिना आम मानिसहरु तृणमूल पार्टीमा समवेश भइरहेकाछन् र आम मानिसहरुकोमा नै राजनैतिक परिवर्तन गर्न सक्ने शक्ति पनि हुन्छ।

गत २३ सेप्टेम्बर, २०१८ को दिन पान्दाम चियाबारीको कम्युनिटि हलमा बुथ नम्बर २३/१४२ अनि १४३ तृणमूल कंग्रेस कमिटि लिएर एक सांगठानिक सभा सम्पन्न भयो। २३/१४२ अनि २३/१४३ पान्दाम चियाबारी

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.