आज लोधोमा II ग्राम पञ्चायत तृणमूल कंग्रेस कमिटको सांगठानिक सभा, बाँसबोटे चिलिङ प्लान्ट कम्युनिटि हलमा सम्पन्न भयो। पुल विजनबारी तृणमूल कंग्रेस सभापति प्रमोद लावतीको उपस्थितिमा सम्पन्न भएको उक्त सभामा पार्टीको ब्लक कमिटिका अन्य नेतृत्वहरु सितै लाोधोमा II तृणमूल कंग्रेसका सक्रिय कार्यकर्ताहरु उपस्थित थिए।
दार्जीलिङ पार्टी प्रभारीको निर्देश बमोजिम पार्टीलाई बुथ स्तरदेखि संगठित गर्ने कार्यलाई निरन्तरता दिँदै पुल बिजनबारी ब्लकका नेतृत्व अनि साधरण कार्यकर्ताहरु सबैले जनसम्पर्क गर्ने काम शुरु गरेका छन्। यसै क्रममा आज बाँसबोटे गाउँका ४३ परिवारले पार्टीको नेत्री अनि राज्यकी मुख्य मन्त्रीको नेतृत्वमाथि आस्था र भरोसा राखेर तृणमूल कंग्रेसमा समावेश भएको कुरा पुल बिजनबारी तृणमूल पार्टी अध्यक्ष प्रमोद लावतीले एक विज्ञप्ती मार्फत जनाएका छन्।
लोधोमा क्षेत्रमा पनि टीएमसी पार्टी बुथ स्तरदेखि संगठित गर्न सक्रिय | बाँसबोटे गाउँका ४३ परिवारले थापे झण्डा
25Sep2018
Post a Comment