सडक दुरावस्थाले विधार्थीहरु आफै गाडी ठेलर विधालय जान बाध्य

Pathetic road condition at Labdah Division Mungpoo
लाब्दा विभाग स्थित शिव मन्दिर छेउमा केही महिना अघि पहिरोले सोहोरेर बाटो बन्द भएपछि डोजर लगाएर सफा गर्ने काम भएपनि सडक नै दबिएर गइसको कारण हाल मङपुका विभिन्न विधालयहरु धाउने सिटोङ क्षेत्रका विधार्थीहरु आफै गाडी ठेल्दै हिड्न पर्ने अवस्था देखा परेको छ | यही सडक भएर दैनिक सयौं विधार्थी, शिक्षक, दुधवाला साथै अन्य जनसाधरणहरु हिड्ने गरेकोले सडकको यो अवस्थाले खुबै जोखिम उठाउन परिरहेको छ | यसै सडकले मङपुलाई सिटोङ लाठ पन्चर अनि खरसाङसित पनि जोड्ने भएकोले पर्यटकहरु पनि सडक दुरावस्थाको शिकार हुनदेखि अछुन्न रहन सकेको छैन | उक्त स्थानमा विगत धेरै वर्षदेखि सडक भासिंदै गएको कारण यसको कुनै वैकल्पिक मार्ग निकाल्न पर्ने आवश्यकता सबैलाई विधित भएकै कारण धेरै चोटि सर्वेहरु पनि भएको हो तर व्यवहारिकतामा भने कार्य प्राय: शुन्य छ | बाटोको दुरावस्था यहाँ मात्र नभएर मङपुको नालीडाँडादेखि ग्रामसेवक प्राथमिक पाठशालासम्म यथावत छ | सडकले दिनहुँ बगरको रुप लिइसकेको हुँदा पनि सम्बन्धित विभाग हालसम्म कानमा तेल हालेर बसेको बुझिन्छ भने केही महिना अघि मात्र नालीडाँडादेखि शिव मन्दिरसम्मको सडक मर्मति गर्न भनी नरिवल फुटाएर शिलान्यास गर्दै मिठाइ समेत बाँडीसकेको छ तैपनि हालसम्म मर्मति कार्यले पनि कुनै खुड्किलो चढेको छैन | स्मरण रहोस सडकको नाममा मङपुको लाब्दा विभागभित्र पर्ने यही सडकमात्र नमुना स्वरूप एउटा प्रधान मन्त्री ग्रामीण सडक योजना अन्तर्गत पर्ने सडक हो जसको पनि आज पर्यान्त राम्रो हेरचाह हुनसकेको देखिएको छैन | यस बाहेक विभागमा कुनै सडक  निर्माण नभएको कारण क्षेत्रबासीले दु:ख सुखका मुहुर्तहरुमा खुबै जोखिम उठाएर जीवन चलाइरहेका छन् | बिकासको मूल फुट्न नसकेको यस विभागमा विभिन्न संघ संस्थाहरुले बेला बखत सडकहरु साफ सफाई अनि मर्मति गर्दै चलाइरहेको छ भने यस्तै आवश्यकताहरुलाई निर्क्योल गरेर राजनैतिक समुहहरुले पनि बारबार कुरा नउठाएको होइन | फलत: केही महिना अघि स्वय जीटीए उपाध्यक्ष अनित थापाले समस्यालाई बुझेर सेप्टेम्बर महिनादेखि लाब्दा पाख्रीन टोल, शान्ति धुरा हुँदै नालीडाँडा पुग्ने सडक निर्माण हुने घोषणा गरेको भए पनि सो घोषणाले हाल सम्म कुनै रफ्तार नटिपेको स्पष्ट देखिएको छ | यदि कथित सडक निर्माण भएमा शिव मन्दिर नजिक बाटो बन्द भएको खण्डमा एउटा वैकल्पिक मार्ग हुनसक्ने थियो जसले गर्दा सिटोङ भेकदेखि लिएर लाब्दा विभागका धेरै गाउँहरुले पनि यसको फाइदा उठाउन सक्ने देखिन्छ | बर्तमानमा हेर्दा सबै समस्याहरु पर सारेर पनि शिव मन्दिर नजिकको सडकलाई अविलम्ब मर्मति गर्न पर्ने आवश्यक देखिएको छ अन्यथा यही सडक भएर विध्यार्जन गर्ने विधार्थीहरु हालमा चलिरहेको परिक्षाहरुदेखि पनि बंचित बन्न सक्ने स्पष्ट देखिएको कारण सम्बन्धित विभागले चाडै पहल गर्न पर्ने क्षेत्रबासीको माग रहेको छ ||

लाब्दा विभाग स्थित शिव मन्दिर छेउमा केही महिना अघि पहिरोले सोहोरेर बाटो बन्द भएपछि डोजर लगाएर सफा गर्ने काम भएपनि सडक नै दबिएर गइसको कारण हाल मङपुका विभिन्न विधालयहरु धाउने सिटोङ क्षेत्रका विधार्थीहरु आफै गाडी ठेल्दै हिड्न पर्ने अवस्था देखा परेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.