गोर्खाल्याण्डको लक्ष्य राख्दै गठन भयो फेडरेसन अफ ईण्डियन गोर्खा एसोसिएसन

Federation of Indian Gorkha Association for Gorkhaland
गुवाहटीमा सम्पन्न भएको दुई दिनव्यापी गोर्खा राष्ट्रिय शिखर सम्मेलनमा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको लक्ष्य राखेर फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा) गठन गरिएको छ। विभिन्न राजनैतिक दल, संघ संस्थाहरूलाई लिएर गत 22 अनि 23 सितम्बरका दिन बसेको दुई दिनव्यापी गोर्खा राष्ट्रिय शिखर सम्मेलामा सर्वसहमतिले फिगा गठन गरेको हो।
विभिन्न राजनैतिक दल अनि संघ संस्थाका प्रतिनिधीवर्गलाई लिएर गठन गरिएको फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा)को तदर्थ कमिटि पनि गठन गरिएको छ। जसको संयोजक अञ्जनी शर्मालाई चयनित गरिएको छ। आगमी दिनमा फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा) लाई विभिन्न ठाउँहरूमा बिस्तार गर्न अनि नयाँ कमिटिको गठन गर्न संयोजक शर्माले नै प्रक्रिया सुरु गर्ने भएकी छन्।
भारतमा गोर्खाहरूको राष्ट्रिय चिन्हारी र राजनैतिक सुरक्षा दिलाउनको निम्ति नै फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा) गठन भएको एउटा साझा मञ्च रहेको  बताइएको छ। जसको प्रमुख उद्देश्य भारतमा गोर्खाहरूको राष्ट्रीय चिह्नारी स्थापना गर्न एउटा छुट्टै राज्य गोर्खाल्याण्डको स्थापना गर्नुलगायत अखिल भारतीयरूपमा गोर्खाहरूको राष्ट्रीय सुरक्षाको निम्ति कार्य गर्नु हो भनि बताइएको छ।
फिगामा भारतभरिका गोर्खाल्याण्ड समर्थक राजनैतिक दल सामाजिक सङ्घसंस्थाहरू घटक सदस्यको रूपमा सामेल हुन सक्नेछन् भनि बताइएको छ। जसको निम्ति फिगामा सदस्य हुने वा लिने दल वा संघसंस्थाहरूको आआफ्नो संविधान र घोषणा पत्र दस्तावेजको रूपमा हुनपर्छ भनि स्पष्ट उल्लेख गरिएको छ। यस लगायत पनि फिगाको सदस्यता लिने राजनैतिक दल अथवा संघ संस्थाहरूले अलग राज्य गोर्खाल्याण्ड गठनको प्रस्तावलाई पारित गरेको हुनपर्ने भनि बताइएको छ।
छुट्टै राज्य गठनको लक्ष्य लिएर गठन गरिएको फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा)को संविधान र आचारसंहिता निर्माण गर्नका निम्ति एउटा ड्राफ्टिङ कमिटी पनि बनाइएको छ। उक्त कमिटिमा संयोजक अजय दाहाल ( युजिआरएफ), आग्सु आसामका प्रेम तामाङ, गोर्खा जनमुक्ति मोर्चाका रोहित थापा, क्रामाकपाका किशोर प्रधान, जीएसएसएसका सघन मोक्तान, नागाल्याण्ड गोर्खा एसोसिएसनका नवीन प्रधान, मणिपुरका शिवकुमार बस्नेत अनि गोर्खा जनमुक्ति मोर्चाका राजवंशी सदस्य नेपाल वर्मनलाई सदस्यका रूपमा चयनित गरिएको छ।
फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा)ले उद्देश्य जनता समक्ष पुराउनका त्रैमासिक मुखपत्र प्रकाशन गर्ने निर्णय लिएको छ भने उक्त कार्यका निम्ति सिलगढीका बीपी बजगाईँ अनि कालेबुङका मनोज बोगटीलाई कार्यभार सुम्पिइएको छ।
फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा)को गठनसँगै यसले विमल गुरुङ प्रति सहानुभूतिको दृष्टिकोण राखेको छ। छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा नै भूमिगत बनेका विमल गुरुङ अनि उनका समर्थकहरूलाई झुटो मुद्दा लगाएको भन्दै फिगाले केन्द्र सरकार समक्ष स्पेशल इन्भेस्टिगेसन टिम (एसआईटी) गठनको मा गरेको छ।
यसक्रममा निकै अघाडीनै भारतीय गोर्खा परिसंघले तयार पारेको परिकल्पना अथात् ‘जम्बो डेलिगेसन’लाई पनि फिगाले हातमा लिएको छ। उक्त जम्बो डेलिगेसनले आगामी दिनमा विभिन्न राजनैतिक दलका प्रमुखहरूलाई भेट गर्नका साथै केन्द्र सरकारलाई त्रिपक्षीय वार्ताको निम्ति प्रस्ताव राख्ने निर्णय लिएको छ।
फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा)को गठनसँगै यसको पहिलो सम्मेलन दार्जीलिङमा आगामी अक्टोबर महिनामा हुने निर्णय पनि गरेको छ। यसका साथै यसको गठनसँगै आगामी वर्ष २०१९ मा सम्पन्न हुने लोकसभा चुनावमा भूमिपुत्र अनि एउटै उम्मेदवार  हुनुपर्ने कुरामा पनि जोड दिएको छ।

http://pratibymba.com

गुवाहटीमा सम्पन्न भएको दुई दिनव्यापी गोर्खा राष्ट्रिय शिखर सम्मेलनमा छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको लक्ष्य राखेर फेडरेसन अफ् ईण्डियन गोर्खा एसोसिएसन (फिगा) गठन गरिएको छ।

Read latest post filed under assam and northeast, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.