Sirikhola Hanging bridge inaugurated

अन्ततः सिरीखोला झोलुङ्गे पूल आयो सञ्चालनमा

सिरीखोलाको झोलुङे पुलले अन्ततः काँचुली फेरयो। रिम्बीक-रिम्बीक लोधोमा समष्टिकै सबैभन्दा सुदुरक्षेत्र मानिने डाँडा सिरीखोला ग्राम पञ्चायत अधिनस्थ रहेको सिरीखोलाको जीर्ण अवस्थामा रहेको काठको झोलुङे पूल यस हप्ता देखि सञ्चालनमा आएको छ।
लगभग 12 वटा गाउँका मानिसहरू निर्भर रहने यस झोलुङे पुलको मरमती कार्य समाप्त भए पछि शुक्रबार विधिवत् रुपमा उद्घाटन गरियो। गोजमुमो समष्टि सभापति नोरदेन शेर्पा, पुलका ठेकेदार निमा शेर्पाले उक्त पूलको रिवन काटेर उद्घाटन गर्दै गाउँलेहरूलाई बधाई तथा शुभकामना दिए।
दर्जनौ गाउँका मानिसहरूलाई हत्तुहैरान पारेको यस पूलको निर्माण कार्यले गाउँलेहरू अत्याधिक खुशी भएका छन्।उद्घाटन कार्यक्रममा उपस्थित भएका गाउँलेहरूले जीटीए चेयरम्यान विनय तामाङ अनित थापा,पर्यटन विभाग,समष्टि सभापति नोरदेन शेर्पा,समष्टिकै कार्यकर्ता अनि ठेकेदार निमा शेर्पा प्रति आभार प्रकट गर्दै हाम्रो दीर्घकालीन माग अहिले आएर पुरा भएकोमा खुशी प्रकट गरे।
गाउँलेहरूले थप मेरूदण्ड मानिने यस पूल निर्माणले हामीलाई धेरै प्राप्त भएको छ।किनभने यस पूलबाहेक अन्य कुनै विकल्प नभएकोले यो पुल बनाईदिने माग हामीले धेरै पटक गरेका थियौ तर कसैले एक न सुन्दा पटक पटक हामीले नै चन्दा उठाएर बनाएको तर अन्तत जीटीएले हाम्रो दीर्घकालीन माग पुरा गरिदिएको छ। यसको निम्ति हामी अति खुशी छौ भनी गाउँलेहरूको पक्षमा शेर्पाले बताए।
पूल निर्माणको निम्ति उनले जीटीए अध्यक्ष विनय तामाङ अनि उपाध्यक्ष अनित थापालाई पनि धन्यवाद दिए।

http://pratibymba.com

सिरीखोलाको झोलुङे पुलले अन्ततः काँचुली फेरयो। रिम्बीक-रिम्बीक लोधोमा समष्टिकै सबैभन्दा सुदुरक्षेत्र मानिने डाँडा सिरीखोला ग्राम पञ्चायत अधिनस्थ रहेको सिरीखोलाको जीर्ण अवस्थामा रहेको काठको झोलुङे पूल यस हप्ता देखि सञ्चालनमा आएको छ।

Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.