गोजमुमो श्रमिक संगठनले २० प्रतिशतभन्दा एक पैसा कम्ति बोनस दर नमान्ने

Darjeeling tea garden workers
डीटीए (दार्जीलिङ टी एसोसिएशन)-को 8.33 प्रतिशतको बोनस दरलाई ठाडै खारेज गर्दै गोजमुमोको श्रमिक संगठनले 20 प्रतिशतभन्दा एक पैसा पनि कम्ती बोनस दर नमान्ने अडान राखेको छ। डीटीएले यसपाली सन् 1965-को बोनस सम्झौताअनुसार, 8.33 प्रतिशतको दरले चियाश्रमिकहरूलाई बोनस दिने अनि यसको लागि कुनै सम्झौता  बैठक नगर्ने भनेर दार्जीलिङ पहाडका श्रमिक संगठनहरूलाई पत्राचार गरेको थियो। जसको विरोधमा गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले भोलिदेखि नै खुलेर सडकमा आउने पनि चेताउनी दिएको छ।
आज यसै विषय लिएर युनियनको केन्द्रिय समितिले एक सभा गरेको थियो, जुन सभापछि संगठनले यस्तो चेताउनी दिएको छ। यसबारे युनियनकी अध्यक्षा करूणा गुरूङ, महासचिव भरत ठकुरी, युनियनका दार्जीलिङ महकुमा अध्यक्ष बालम तामाङ आदि एकै स्वरमा भने-दार्जीलिङ पहाडमा चिया उद्योग शुरू भएपछि सन् 1860-देखि नै चियाश्रमिकहरूलाई दशैंअघि बोनस दिने प्रथा शुरू भएको थियो।
तर यसपाली दार्जीलिङ टी एसोसिएशनले यो प्रथालाई भत्काएर नयाँ नियम थोप्ने प्रयास गरिरहेको छ। यसलाई डीटीडीपीएलयूले विरोध गर्छ अनि शीघ्र 20 प्रतिशतको दरले पहाडका चियाश्रमिकहरूलाई पनि बोनस प्रदान गर्नुपर्छ। उनीहरूले भने-डीटीएले पठाएको पत्रमा गत वर्ष चियाबगान मालिकपक्षलाई चिया उद्योगमा 70 प्रतिशत घाटा भएको बताएको छ। तर गत वर्ष पहाड बन्द रहेको कारण चियश्रमिकहरूको काममा पनि कमी आएको थियो, जसको फलस्वरूप 20 प्रतिशतको दरले बोनस प्रदान गरिए पनि यसपाली पहाडका चियाश्रमिकहरूले धेरै कम्ति बोनस पाउनेछन्। तर डीटीएले चियाश्रमिकहरूलाई अझै कम्ति बो नस दिने प्रयास गरिरहेको छ। जसलाई डीटीडीपीएलयूले कदापि सफल हुन दिनेछैन। यदि डीटीएका मुख्य सल्लाहकार सन्दीप मुखर्जीले आगामी 2-3 दिनभित्र चियाश्रमिकहरूको बोनसबारे सम्झौता बैठकको लागि ठोस पहल नगरे युनियन कठोर पदक्षेप ग्रहण गर्न बाध्य् हुनेछ।

यसरी नै भरत ठकुरीले अझै अघि भने-दार्जीलिङ पहाडलाई शान्त बनाउनको लागि गोजमुमोले धेरै काम गरिरहेको छ, जीटीएले विकासका कार्यहरू ल्याउने काम गरिरहेको छ। तर चियाबगान मालिकहरूले यहाँ अशान्ति ल्याउने प्रयास गरिरहेका छन्। यदि बोनस विषयले गर्दा दार्जीलिङ पहाड अशान्ति हुन्छ भने चियाबगान मालिकपक्ष जिम्मेवार हुनपर्छ। स्मरण गराइन्छ, गत केही दिनअघि मात्रै तराई अनि डुवर्सका चियाबगानहरूमा 18.50 प्रतिशतको दरले बोनस दिने तय भएको थियो। तर दार्जीलिङ पहाडका चियाश्रमिकहरूलाई 8.33 प्रतिशतको दरले बोनस दिने अडान राखिएपछि गोजमुमोको श्रमिक संगठन आक्रोसित बनेको छ।

http://pratibymba.com

डीटीए (दार्जीलिङ टी एसोसिएशन)-को 8.33 प्रतिशतको बोनस दरलाई ठाडै खारेज गर्दै गोजमुमोको श्रमिक संगठनले 20 प्रतिशतभन्दा एक पैसा पनि कम्ती बोनस दर नमान्ने अडान राखेको छ। डीटीएले यसपाली सन् 1965-को बोनस सम्झौताअनुसार, 8.33 प्रतिशतको दरले चियाश्रमिकहरूलाई बोनस

Read latest post filed under darjeeling tea

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.