दिल्लीमा बसेर विरोध गर्नेहरुलाई 7 अक्टोबर पार्टीको स्थापना दिवसबाटै बिनयले जवाब दिने

Binay Tamang GTA BOA Chief
गोजमुमो अध्यक्ष विनय तामाङले यसपाली 7 अक्टोबर पार्टीको स्थापना दिवस पालन गर्न दिल्ली जाने भएका छन्। जहाँबाट नै उनले आफू विरूद्ध दिल्लीमा बसेर विभिन्न लाञ्छना लगाउने, जाति बेचुवा भन्नेहरूलाई उचित जवाब दिने मन बनाएका छन्। आज मानेभञ्ज्याङदेखि लगभग 15 किलोमिटर टाडामा अवस्थित मजुवामा सडक मार्ग, पानी सर्वराह अनि डा. राधाकृष्ण स्कूल भवन निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए वा गोजमुमो अध्यक्ष विनय तामाङले उपर्यक्त मत व्यक्त गरेका हुन्।
उनले विमलपन्थी गोजमुमो समर्थकहरूमाथि कटाक्ष प्रहार गर्दै भने-दिल्लीमा बसेर रगरग गर्नेहरूलाई दिल्लीबाट नै जवाब दिनेछु। यसैकारण यसपाली पार्टीको स्थापना दिवसमा म दिल्ली जानेछु। मलाई चोर, जाति बेचुवा भन्नेहरू सबै दिल्लीमा नै छन्, यसैले उनीहरूलाई जवाब दिनको लागि नै म दिल्ली जाने भएको हो।
यति मात्रै होइन, दार्जीलिङ पहाडका चियाश्रमिकहरूको बोनस विषय लिएर कुराकानी गर्न चियाबगान मालिकहरू दार्जीलिङ आइसकेको जानकारी गराउँदै उनले भने-गत केही दिनअघि चियाबगान मालिकपक्षबाट सन् 1965-को बोनस ऐन उल्लेख गर्दै पहाडका चियाश्रमिकहरूलाई 8.33 प्रतिशतको दरले मात्रै बोनस दिने एउटा पत्र प्राप्त भएको थियो। त्यसको जवाबमा मैले पनि चियाबगान मालिकपक्षलाई एउटा पत्र पठाएको थिएँ। जसमा भनेको थिएँ, यदि पहाडका चियाश्रमिकहरूलाई 8.33 प्रतशतको दरले बोनस दिइन्छ भने स्वीकार गरिन्छ, तर प्लान्टेशन लेबर ऐनअनुसार अबदेखि चियाश्रमिकहरूलाई पनि उनीहरूका अधिकार दिनुपर्छ। चियाबगानमा हाल गीताञ्जलीका घरहरू निर्माण भइरहेका छन्, त्यो बन्द हुनेछ। बाटो, सडक निर्माण कार्य ठप्प गरिनेछ। पाइखाना बनाउने काम पनि बन्द हुनेछ। जुन काम चियाबगान मालिकपक्षले प्लान्टेशन लेबर ऐनअनुसार, गर्नुपर्छ। यसपछि चियाबगान मालिकपक्षले उनलाई बैठकको लागि ढिप्पी गर्न शुरू गरेको र आज ती चियाबगान मालिकहरू दार्जीलिङ आइसकेको पनि जीटीए अध्यक्ष तामाङले जानकारी गराए। उनले भने-कलकत्ताबाट चियाबगान मालिकपक्षले लगातार बैठक कहिले गर्ने भनेर फोन गरिरहेका छन्, तर म जुन दिन चाहन्छु, जहिले चाहन्छु, त्यति बेला नै बैठक हुनेछ। यसका साथै उनले आफूले गरेको बोनसको माग पूरा गर्नुपर्छ भन्ने पनि अडान राखेका छन्।

http://pratibymba.com/

गोजमुमो अध्यक्ष विनय तामाङले यसपाली 7 अक्टोबर पार्टीको स्थापना दिवस पालन गर्न दिल्ली जाने भएका छन्। जहाँबाट नै उनले आफू विरूद्ध दिल्लीमा बसेर विभिन्न लाञ्छना लगाउने, जाति बेचुवा भन्नेहरूलाई उचित जवाब दिने मन बनाएका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.