मङपुमा फूलपाती शोभायात्रा तथा सांस्कृतिक समारोह धुमधामले मनाइने

Fulpati Sobhayatra in Mungpoo
मङपुका सम्पूर्ण गोर्खा – जात गोष्ठी, विधालय, धर्म सम्प्रदाय, समाज, कलाकारवर्गलाई लिएर गत ३ अक्टोबरमा बसेको समितिको सभामा सर्व सम्मतिद्वारा लिएको निर्णय अनुसार आगमी १६ अक्टोबरको दिन मङपुमा परम्परागत मनाइ आइरहेको समग्र गोर्खा एकता अनि सद्भावनाको एकमात्र ऐतिहासिक कार्यक्रम फूलपाती शोभा यात्रा तथा सांस्कृतिक समारोह यस वर्ष खुबै भव्यताको साथ परम्परागत ढाँचामामा सबै जात गोष्ठी अनि विधार्थीवर्गलाई समेटेर मनाउने भएको छ |

उक्त समग्र मङपुबासीको साझा जातीय संस्कृति तथा परम्पराको कार्यक्रम सफल बनाउनमा साथै दिगो राख्नमा सबै जात गोष्ठी, संगठन, धार्मिक सम्प्रदाय, समाजहरु, कलाकार संगठन, शिक्षक समुदाय तथा विधार्थीवर्ग लगायत समग्र जनताले विभिन्न जातीय भेषभुषा, गरगहना, साजबाज तथा झाँकीहरुको प्रदर्शन हुनेछ |
सांस्कृतिक शोभा यात्राको प्रारम्भ कटुवाल गोलाई रेसेप बजारबाट बिहान ९.३० बजे शुरु भएर स्व० अरुणा लामा पार्कमा ११ बजेदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा सम्पन्न हुनेछ | कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण मङपुबासीलाई समितिले हार्दिक स्वागत पनि जनाएको छ ||

मङपुका सम्पूर्ण गोर्खा – जात गोष्ठी, विधालय, धर्म सम्प्रदाय, समाज, कलाकारवर्गलाई लिएर गत ३ अक्टोबरमा बसेको समितिको सभामा सर्व सम्मतिद्वारा लिएको निर्णय अनुसार आगमी १६ अक्टोबरको दिन

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.