जिल्ला लिगल सर्भिसेस अथोरिटी दार्जीलिंगबाट रङबी विभागका प्रियंका राईलाई आदेश संख्या ५० (A) अनुसार पारा लिगल भोलिन्टर (Para Legal Volunteer) जनतामा कानुनी सहायताको निम्ति मङपुमा नियुक्ति भएकोमा सर्वप्रथम रेशेप ग्राम पंचायत अति हर्ष प्रकट गर्दै पंचायत कार्यलयको तल्लो तलालाई लिगल एड क्लिनिक कार्यलयको निम्ति दिइएको छ | उक्त क्लिनिकको उद्घाटन जिल्ला लिगल सर्भिसेस अथोरिटी दार्जीलिंगका सेक्रेटरी जयती शाहाले रिबन काटेर गरेकी छन् | कार्यक्रमलाई क्रमबद्ध रुपमा पीएलभी प्रियंका राईले संचालन गर्दै आफ्नो पाएको नियुक्तिलाई मङपुको जनताको सेवामा समर्पण गर्ने बताइन् | कार्यक्रमलाई सम्बोधन गर्दै जयती शाहाले जनताको कानुनी सहायताको संधै समय दिनलाई तत्पर रहेको बताए | | पीएलभी रिना रायाले पनि पीएलभीको क्रियाकलाप बारे पूर्ण जानकारी दिए | यसै कार्यक्रममा ज्ञानपीठ विधालय प्रधान अध्यापक बीके गुरुङ, मङपु थाना प्रभारी, रेसेप ग्राम पंचायत इए डीबी मोक्तान, रेसेप ग्राम पंचायत कर्मी सुजित थापाले पनि सम्बोधन गरेका थिए भने लिगल सर्भिसेसको पीएलभीको उपलब्धिलाई मङपुको एउटा गौरव र उपलब्धि बताए | कार्यक्रममा विभिन्न संस्था निस्वार्थ फाउन्डेशन, हुकेयर्स, मङपु मैत्री समाज समिति, रङबी विभागबाट एनजीओ मङपु ड्राइभर एसोशिएशन आदिको पनि महत्वपूर्ण उपस्थिति रहेको थियो ||
लिगल एड क्लिनिक उद्घाटन
11Oct2018
Post a Comment