Student injure by falling ceiling

विधालयको प्लास्टर झर्दा ४ विधार्थी घाइते

गत मंगलबार मङपुको लाब्दा खास जुनियर प्राथमिक पाठशालाको पहिलो श्रेणीको प्लास्टर झरेर चार जना विधार्थीहरु सामान्य रुपले घाइते बनेको छ | त्यस मध्ये एक जना विधार्थी दोर्जे तामांगको  अवस्था भने अलिक गम्भीर भएकोले रम्बी अस्पताल लगेर चार सिलाइ गरी घर ल्याइएको पिता सजित तामांगले जनाएको छ | उक्त घटनालाई केन्द्र गरेर जीटीए शिक्षा विभाग अध्यक्ष छिरिङ दहालको साथमा सदस्यहरु ललित राई, बिशाल राई अनि शिशिर राईले निरीक्षण गर्दै घाइते विधार्थी दोर्जे तामांगलाई आजै सिलिगुडी लगेर प्राइवेट अस्पतालमा स्केनिङ गर्ने सुझाव दिएका थिए भने पिता सजित तामांगले नानीलाई प्राइवेट नर्सिङ होममा स्केनिङ गरेको जनाएको छ | भ्रमण टोलीले विधालयको घटना विषय लिएर जाँच बुझ गर्दै चाडै नै मर्मति गर्ने अध्यक्ष छिरिङ दाहालले जनाएको छ | घटनाको निरीक्षण अवधि गोजमुमो पार्टीको पक्षबाट गगन राई, मिरेन लामा साथै विधालयका शिक्षक शिक्षिका वर्ग पनि उपस्थित रहेको थियो | उक्त विधालयमा हालमा ४७ जना विधार्थीहरु अध्ययानरत छन् भने २०११ सालमा उक्त विधालयको निर्माण कार्य पूर्ण भएर उद्घाटन भएको जानकारी शिक्षक मिरेन लामाले दिएका छन् |

गत मंगलबार मङपुको लाब्दा खास जुनियर प्राथमिक पाठशालाको पहिलो श्रेणीको प्लास्टर झरेर चार जना विधार्थीहरु सामान्य रुपले घाइते बनेको छ | त्यस मध्ये एक जना विधार्थी दोर्जे तामांगको अवस्था भने अलिक गम्भीर भएकोले रम्बी अस्पताल लगेर चार सिलाइ गरी घर ल्याइएको पिता सजित तामांगले जनाएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.