हाइवे 10 को लोहापुल छेउ हिज एउटा माल वाहक वाहन अनि बाइक दुर्घटना हुँदा बाइकमा सवार एक ब्यक्तिको मृत्यु भएको छ।
ज्यान गुमाउने ब्यक्ति कालेबुङ मन्सोङ निवासी 37 वर्षिय पंकज गुरूङ रहेको रहेको थाह लागेको छ।
हाइवे 10 को बिरिक डाडा र लोहापुल बिच बेलुकी 6:30 बजिउक्त दुर्घटना भएको हो। बाइकमा सवार अर्को ब्यक्ति पुदुङ निवासी सरन थापालाई सामान्य चोट लागेको बताइएको छ।
घटना अनुसार कालो रङ्गको एभेन्जर बाइकमा यी दुई ब्यक्ति कालेबुङ देखि सिलीगुडी जाँदै थिए। बाइक सरन थापाले चलाएका थिए। लोहापुल काटेर उकालो लाग्ने क्रममा विपरीत दिशाबाट आएको आइसर WB 73 D 7311 सित सोझै ठोक्किन पुगेको हो। यसरी दुर्घटना हुँदा पछि बसेका पंकज गम्भीर घाइते बनेका थिए । उनलाई तत्काल छेवैको रम्बी प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारको निम्ति ल्याएका थिए। तर सोही समय पंकजले आफ्नो प्राण त्यागी सकेका थिए। यता घटनाबारे परिवारपक्षलाई जानकारी गराइएको जानकारी प्राप्त भएको छ। अर्कोतिर आइसर टाटालाई रम्बी पुलिसले आफ्नो अधिनमा लिएको पुलिसपक्षले जानकारी दिएका छन।

Post a Comment
We love to hear from you! What's on your mind?