Gorkha National Liberation Front meeting ahead of Lok sabha Election

चुनावलाई केन्द्र गर्दै पार्टी सशक्तिकरणमा गोरामुमो, ममतासित भेट्न सक्ने दिए छनक

गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले लोकसभा चुनाउअघि नै पार्टीलाई चारैतिरबाट सशक्त अनि दह्रिलो बनाउने निर्णय लिएको छ। यसैलाई केन्द्र गरेर आज पार्टीले मार्च महीनाको प्रथम सप्ताहभित्र गोर्खा राष्ट्रिय युवा मोर्चा, नारी मोर्चाको संयोजक मण्डली गठन गर्ने अनि समष्टि कमिटी, शाखा समिति पनि गठन गर्ने निर्णय लिएको पार्टीका केन्द्रिय समिति सदस्य एनबी छेत्रीले बताए। आज पार्टीका विविध विषय लिएर पार्टी अध्यक्ष मन घिसिङको आवास वा पार्टी केन्द्रिय कार्यालयमा एक सभाको पनि आयोजना गरिएको थियो।

यस सभापछि पत्रकारहरूसित कुराकानी गर्दै छेत्रीले भने-गत केही महीनाअघि पार्टीलाई नयाँ प्रकारले गठन गर्न अनि पार्टी नेतृत्वहरूको परिवर्तन गर्ने उद्देश्य लिएर नै पार्टी अध्यक्ष मन घिसिङले गोरामुमो केन्द्रिय समितिदेखि सम्पूर्ण भ्रातृ संगठनहरूलाई विघटन गरेका थिए। यसपछि पार्टी अध्यक्षको पहलमा पार्टीको 17 सदस्यीय स्टेयरिङ कमिटीको मात्रै गठन भएको छ। तर अहिलेसम्म अन्य शाखा, समष्टि, नारी, युवा मोर्चाका साथै केन्द्रिय समितिको पनि पुनर्गठन भएको छैन। यसैले अब पार्टीले मार्च प्रथम सप्ताहभित्र सबै भ्रातृ संगठनहरूको पुनर्गठन गरिएपछि केन्द्रिय समितिको गठन गर्ने निर्णय लिएको उनले जानकारी गराए।

उनले आगामी केही समयभत्रि गठन हुने गोरामुमो केन्द्रिय समितिमा 50 जना सदस्य रहने पनि बताए। यसअघि पार्टीको केन्द्रिय समितिमा 28 जना सदस्य थिए। यसैबीच,एक प्रश्‍नको उत्तरमा छेत्रीले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित पार्टीले भेट गर्नसक्ने छनक दिए। उनले भने-यदि मुख्यमन्त्रीसित भेट भए हामी छैटौं अनुसूचीबारे चर्चा गर्नेछौं। किनभने मुख्यमन्त्रीले यसअघि नै दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान हुनपर्छ भनिसकेकी छन् र छैटौं अनुसूचीबाहेक स्थायी राजनैतिक समाधान अन्य केही हुन सक्तैन। उनले भने-छैटौं अनुसूचीको लागि यमराजसित पनि भेट गर्नपर्छ भने हामी त्यसको लागि पनि तयार छौं। आगामी लोकसभा चुनाउबारे पार्टीको अडान के छ भन्नेबारे केही बताउन नचाहे पनि पूर्व विधायक छेत्रीले धेरैवटा पार्टीले चुनाउबारे पार्टीसित सम्पर्क गरिरहेको जनाए। उनले भने-चुनाउ आउन अझै केही समय छ। यसको घोषणा भएकै छैन, चुनाउको घोषणा भएपछि पार्टीको अडान के हुन्छ, त्यो स्पष्ट पारिनेछ।

ज्ञात रहोस्, पार्टीलाई सशक्त बनाउन पार्टी कार्यकर्ताहरू तयार हुनपर्छ भन्ने सन्देश दिनको लागि नै दुइ दिनअघि मात्रै गोरामुमो अध्यक्ष मन घिसिङ मिरिक गएका थिए अनि गोरामुमो मिरिक शाखा समितिलाई सशक्त बनाउने निर्देश दिएका थिए। यसपछि लगत्तै उनले आज पार्टीका केन्द्रिय सदस्यहरूलाई लिएर एक बैठक गरे। जसमा गत केही महीनाअघि विघटन गरिएका पार्टीका सम्पूर्ण भ्रातृ संगठनहरूका साथै केन्द्रिय समितिलाई पनि पुनर्गठन गर्ने निर्णय भएको छ।

http://pratibymba.com

गोरामुमो (गोर्खा राष्ट्रिय मुक्ति मोर्चा)-ले लोकसभा चुनाउअघि नै पार्टीलाई चारैतिरबाट सशक्त अनि दह्रिलो बनाउने निर्णय लिएको छ। यसैलाई केन्द्र गरेर आज पार्टीले मार्च महीनाको प्रथम सप्ताहभित्र गोर्खा राष्ट्रिय युवा मोर्चा, नारी मोर्चाको संयोजक मण्डली गठन गर्ने अनि समष्टि कमिटी, शाखा समिति पनि गठन गर्ने निर्णय लिएको पार्टीका केन्द्रिय समिति सदस्य एनबी छेत्रीले बताए।

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.