दुई वर्षदेखि मङपुको सरकारी अस्पतालमा डाक्टर छैन

Mungpoo Cinchona Hospital
विगत गोर्खाल्याण्ड आन्दोलनदेखि यता मङपु सिन्कोना बगानको एक मात्र सरकारी अस्पतालमा डाक्टर छैन | आज प्राय: २ वर्ष बितेर गयो तैपनि विभाग अनि कुनै राजनैतिक पार्टीको डाक्टर ल्याउने दिशामा शुरसार छैन | विगतको दिनमा भएको डाक्टरले विभागबाट पाउन पर्ने सुविधा अनि सहयोग नपाएकै कारण अन्तमा छोडेर जान बाध्य बने पनि हालसम्म सिन्कोना व्यवस्थापनले अर्को नयाँ डाक्टरको व्यवस्था गरेको छैन | यो अस्पताल बिशेष गरेर सिन्कोना बगानमा काम गर्ने गरीब मजदुरवर्गकै हितार्थ निर्माण भएको साथै मङपुका सर्व साधारणको निम्ति प्राथमिक चिकित्सा केन्द्रको रुपमा चलिआएको भए पनि हालसम्म डाक्टर नहुँदा विभिन्न ज्वरो र हैंजाको मौसमहरु झेलर बस्न बाध्य बनेको छ यहाँका जनता | डाक्टर नभएकै कारण बर्तमान क्षेत्रका मानिसहरु अपद्कालिन अवस्था साथै गरीब मानिसहरु अस्पताल जानेको गर्छ तर डाक्टरको कमीले त्यहाँका नर्सहरुबाट साधारण बिमारको दबाईहरु बिना जाँचनै लगेर चित्त बुझाउन पर्ने स्थति रहिआएको छ भने यहाँ कार्यरत नर्स अनि अन्य सहयोगी कर्मचारीहरुले मानिसहरुबाट दैनिक विभिन्न भनाईहरु सुन्न परेको गुनासो छ | त्यसैपनि खण्डहर जस्तो बनिसको यस अस्पतालमा डाक्टर नहुँदा कुनै बिमारीको जाँच नहुने अनि अस्पतालमा कुनै बिरामी भर्ना नगरिएकोले अस्पतालको अवस्था पनि पहिलेको हेरी झनै बेहाल बन्दै गइरहेको छ | फलत: मङपुबासीले आधारातमा कसै बिरामी परेको समय रम्बी अस्पताल या त अन्यत्र लगेर उपचार गराउन पर्ने स्थिति छ | डाक्टर बिनाको अस्पताल यतिका वर्षदेखि रहँदासम्म कुनै राजनैतिक दलले यसमा चासो राखेको पाइएको छैन भने यता विभागीय तौरमा पनि डाक्टर ल्याउने पहल गरिएको थाहा लागेको छैन | विगत केही वर्ष अघि गोजमुमो पार्टीको पहलमा जीटीएबाट यसै स्थानमा नयाँ अस्पताल निर्माण गर्ने र डाक्टर ल्याउने, एनएचपीसीबाट आउटडोर चलाउने जस्ता कुराहरु चलेपनि ती कुराहरु केवल कुरामा नै सिमित रहेको कारण आज पर्यान्त गरीब जनताको निम्ति अस्पतालमा डाक्टर छैन | जम्मा पाँचवटा सिन्कोना विभाग रहेको मङपु सिन्कोना बगानको अस्पतालमा आजसम्म डाक्टरको प्रबन्ध गर्न नसकिनु बगानमा दिनहुँ खट्ने गरीब मजदुरवर्गको निम्ति ठुलो दुर्भाग्य हो भने व्यवस्थापनको निम्ति पनि लज्जाजनक असफलता हो यसैले सर्व हितको निम्ति व्यवस्थापन मात्र होइन तर यहाँका सम्पूर्ण संघ, संस्था साथै राजनैतिक दलहरु अघि आएर डाक्टरको आपूर्तिलाई पूर्ण गर्न अत्यावश्यक देखिएको छ ||

विगत गोर्खाल्याण्ड आन्दोलनदेखि यता मङपु सिन्कोना बगानको एक मात्र सरकारी अस्पतालमा डाक्टर छैन | आज प्राय: २ वर्ष बितेर गयो तैपनि विभाग अनि कुनै राजनैतिक पार्टीको डाक्टर ल्याउने दिशामा शुरसार छैन |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.