"दार्जीलिंग पहाडको राजनैतिक समाधान केवल छैटौं अनुसुचिले मात्र हुनेछ " - उक्त कुरा १७ औं लोकसभा चुनावको प्रचार गर्दै मङपु आइपुगेका सीपीआइएम प्रार्थी तथा पुर्व सांसद समन पाठकले भनेका हुन् | तिनले अझ सिन्कोना बगान, चिया बगान, बन बस्तिको पर्जा पट्टा साथै चिया अनि सिन्कोना बगानका श्रमिकवर्गको रोज वृद्धि हुनपर्ने अनि सिन्कोना बगान श्रमिकवर्गको पदोन्नति, बद्ला काम झट्ट हुनपर्ने जस्ता महत कुराहरु सीपीआइएमको मुख्य मुद्दा रहेको पनि बताए | तिनको भनाई अनुसार सीपीआइएम संधै गरिब जनताको हितमा आवाज उठाउने पार्टी भएकोले यी उपर्युक्त मुद्दाहरुलाई अघि बढाएर लाने आश्वस्त गराए |
पहिले पनि आफु सांसद रहेको समय सिन्कोनाबगानको निम्ति ५ कड़ोड रुपियाँ अनुमोदन गरेर यहाँको सिन्कोना कारखानाको निर्माण कार्य गरिएको र आगामी दिनमा पनि सिन्कोना बिकाशको निम्ति साथै सिन्कोना बगान श्रमिकको बदलीकामको निम्ति आफुले काम गर्ने बताउदै स्थनीयदोकानदारहरुसित भेट गर्दै पाठकले श्रमिकवर्गको हितमा भोट गरिदिने अपिल गरे | उनको साथमा कमरेड चेतन गुरुङ,उत्तम शर्मा,सचिन खाती,नगेन्द्र प्रधान मन्जित राई, बुद्द कुमार मोक्तान अनि खगेन्द्र बराइली पनि उपस्थित रहेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?