बाउ बाजेदेखि बसेको घर कुनै सरकारले पनि तोड्न पाउदैन त्यो सरकारको नियममा छैन – अनित थापा

Anit Thapa in Mungpoo visited house dismantled by Cinchona officer

मङपु, २९ जून, राजेश थापा: “मङपुबासीनै हामी प्लान्टेशनमा बस्नेहरु हो, कागजपत्र कसैको पनि छैन | यहाँ इल्लिगल र लिगलको कुरा आउदैन | बाउ बाजेदेखि बसेको घर कुनै सरकारले पनि तोड्न पाउदैन त्यो सरकारको नियममा पनि छैन | मैले म्यानेजरलाई भनेको छु जसरी प्लान्टेशनले भत्काको छ त्यसरी नै प्लान्टेशनले नै ठोकेको हुनुपर्छ |” - उपर्युक्त कुरा जीटीए चेयरमेन अनित थापाले केही दिनअघि मङपु सिन्कोना बगानको सिम्ले धुरामा अवैध भन्दै एउटा प्रधानमन्त्री आवास योजना अन्तर्गत बनाइएको घरलाई सिन्कोना सहव्यवस्थापक बर्णाली विश्वासको आदेशमा तोडिएको कुरा सम्पूर्ण पहाडभरि नै फैलिएपछि घटनास्थलको निरिक्षण गर्दै यसो भनेका हुन् | तोडिएको घर विगत ७० सालदेखिनै एउटा टीनको घरको रुपमा रहिआएको र बर्तमान सरकारी आवास योजना मार्फत घर निर्माण भएको थियो |
पत्रकारलाई सम्बोधन गर्ने क्रममा तिनले अझ भने – “मङपुबासीको इतिहास मलाई थाहा छ किनभने मेरो बाजेहरु मङपुमै छन् | प्लान्टेशनको जमीन भएकोले मङपुबासीको धेरै मान्छेको जमीनको कागजपत्र छैन किनभने बाउ, बाजे बराजुदेखि बसेर आएको हामी | जुन यो घर तोड्ने कार्य भयो मैले व्यवस्थापकसित कुरा गरें एकदमै नहुने कार्य गरेको छ, यसलाई चर्चा गरेर सायद अवैध हुनपनि सक्छ तर भयो भने पनि यसरी तोड्नु हुँदैन | उनीहरुलाई बुझाएर, सम्झाएर समस्याको समाधान गर्नुपर्ने थियो | गरीब घरको मान्छे रहेछ त्यसैले मैले तत्कालै प्लान्टेशनकै मजदुर लगाएर भोलिदेखि नै ठीक गरिदिनु भनेर निर्देश दिएको छु |
रोंगो भ्रमणदेखि सिधै मङपुको घटना निरिक्षणमा आएका थापाले पछि निर्देशक बंगलोमा आइ व्यवस्थापक अनि सहव्यवस्थापकसित सभा बस्दै यस्तो अवस्थामा सिन्कोना अधिकारीहरु बसेर क्षलफलगरि निर्णय लिने, एकल निर्णय नलिने यदि जटिल विषय रहे जीटीएलाई समेत सम्पर्क गर्ने सुझावदिएका छन् | सिन्कोना बगान एउटा संवेदनशील  सरकारी उध्योग रहेकोले यहाँ सरकारी नियम संगै स्थानीय मानिसहरुको भावनालाई पनि लिएर कार्य गर्न पर्ने भएकोले सबैले नै यस कुरालाई बुझेर काम गरिदिने अपिल गरे | यसै अवधि सिन्कोनाको पर्जापट्टा बारे सोधिएको प्रश्नमा जीटीएले सरकारसित कुरा गरिरहेको छ र नोटिफिकेशन आएपछि यस विषयमा कुरा गर्ने बताए ||

“मङपुबासीनै हामी प्लान्टेशनमा बस्नेहरु हो, कागजपत्र कसैको पनि छैन | यहाँ इल्लिगल र लिगलको कुरा आउदैन | बाउ बाजेदेखि बसेको घर कुनै सरकारले पनि तोड्न पाउदैन त्यो सरकारको नियममा पनि छैन | मैले म्यानेजरलाई भनेको छु जसरी प्लान्टेशनले भत्काको छ त्यसरी नै प्लान्टेशनले नै ठोकेको हुनुपर्छ |”

Read latest post filed under cinchona, mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.