एनआरसीको माध्यमले गोर्खाहरु विदेशी बनाउने भारत सरकार लागिपरेको छ - विनय तामांग

Binay tamang president Gorkha Janmukti Morcha
भारतीय जनता पार्टीले बारम्बार गोर्खाको चिनारी दिनेछौं भन्दै गोर्खाकै छातीमा एनआरसीको मार्फत चिन्ह लगाउदै विदेशीको लान्छना मात्र नलगाएर देशबाट नै खेद्ने खेल शुरु गरिसकेका छन्। आजसम्म भारतीय गोर्खाहरुको त्याग, तपस्या अनि बलिदानको कुनै पनि दलको केन्द्रिय सरकारले महत्त्व दिन सकेको छैन। हामी गोर्खाको नाउँ राष्ट्रिय स्तरमा घरीघरी आइरहने गर्छ तर कि त विदेशी भन्दै, कहिले नेपाली अनि कहिले भारत नेपाल सन्धि लाई आधर बनाएर अप्रवासी भन्दै लान्छना लगाइरहेको कुरा गोर्खाको निम्ति कुनै नौलो होईन। तर त्यतिले मात्र सन्तुष्ट नभएर अहिले एनआरसीको माध्यमले गोर्खाहरु विदेशी हुन् भन्ने कुरालाई आधिकारिक रुपमा प्रमाण गर्न भारत सरकार लागिपरेको छ।

दुर्भाग्यको कुरा के हो भने जुन गोर्खाहरुको काचो रगतले भिजेको यो माटोको सुगन्ध सबै भारतीय जाती सम्प्रदाय लाई मग मग बास्ना आउँछ भने त्यही एउटै खुनको जिउँदो गोर्खाहरु सिनो झै गनाउँछ। त्यसको प्रत्यक्ष उदाहरण छ आसाममा भइरहेको एनआरसीमा गोर्खाहरु प्रति भएको भेदभाव। घरी स्वतन्त्र सेनानी छविलाल उपाध्यायको परिवारलाई D Voter को नोटिस आउँछ, घरी आसाम देखि विदेशी खेद्ने आन्दोलनको पहिलो महिला शहीद बैजयन्ती देवीको परिवार एनआरसीको निम्ति अयोग्य ठहरिन्छ।स्मरण रहोस अहिले आसाममा लागू भएको एनआरसी तिनै बैजयन्ती देवीको बलिदानको फल हो। त्यसताका भारत सरकार र आन्दोनकारीका बीच भएको सम्झौताको अंश हो एनआरसी। बैजयन्ती देवीको परिवारलाई एनआरसीको चपेटमा पुर्याउने केन्द्रीय सरकारको हामी घोर बिरोध जनाउछौं।

आफ्नो चुनाउ प्रचार क्रममा वर्तमान केन्द्रीय गृहमन्त्री अमित शाहले चुनाउपछि भाजपाले बंगालमा पनि एनआरसी लागु गर्नेछ भनेका थिए। भाजपाले आफ्नो राजनैतिक स्वार्थलाई हेरेर पनि बंगालमा एनआरसी लागू गर्ने निश्चित देखिन्छ तर आसाममा हाम्रा गोर्खा समुदायलाई  मार्का परे झै हाम्रो दार्जीलिङ तराई डुवर्समा पनि यसको नराम्रो असर पर्न जान्छ। मौखिक रुपमा गोर्खालाई एनआरसीले छुदैन भन्ने उड्न्ते हल्लाहरु माझ यहाँ बुझ्नुपर्ने कुरा के छ भने जतिपनि भारतीय गोर्खाहरु छन् उनीहरु एनआरसीको चपेटमा पर्दैनन् भन्ने आजसम्म कुनैपनी एेन बनिएको छैन उदाहरणको निम्ति आसाममा बसोबास गर्ने ३० लाख गोर्खा समुदाय मध्ये भर्खरै २६ जुनको दिन आएको अतिरिक्त सुचीमा लगभग १ लाख भन्दा बढी गोर्खाको एनआरसीमा नाम आएको छैन। यो अतिरिक्त सुची एकदमै खतरनाक छ किनकी यस सुची मार्फत जतिपनी गोर्खा समुदायलाई सूचना दिइएको छ त्यसमा कि त बंशज(Legacy) मा समस्या देखाएर या विदेशी( Foreigner) को ट्याग लगाएर सुचना जारी गरिएको छ। यस सुचनाबारे आउँदो ११ जुलाई सम्म उनीहरुले एनआरसीको प्रक्रिया पुराउनुपर्ने बाध्यता छ अनि यदि उनीहरु प्रक्रिया पुराउन सकेनन् भने जुलाई महिनाको ३१ तारीख जब एनआरसीको अन्तिम मस्यौदा निस्किनेछ त्यतिबेला प्रक्रिया नपुराउने लाई सिधै विदेशी घोषित गरिनेछ त्यसपस्यात सबैलाई निरोध शिविरमा(Detention Camp) राखिने अत्यन्तै दु:खलाग्दो कार्य हुने देखिन्छ।

हाम्रै गोर्खे सन्तान भनौ गोर्खाहरूको प्रतिनिधिहरू हौं भन्नेहरूले भाजपा र भाजपा सरकारको पक्ष लिएर एनसीआरले गोर्खाहरूलाई छुँदैन वा असर पर्दैन भन्नेहरूलाई हाम्रो प्रश्न छ - आसाम भएको घटनाप्रति वहाँहरूको के टेक छ ? केन्द्र सरकारप्रति वहाँहरूले गोर्खाहरूलाई एनसीआरले असर नपर्ने के पहलहरु गर्दैछन् ?


त्यसर्थ हाम्रा सम्पुर्ण पहाडबासी अनि तराई डुवर्सका जनता जनार्दनलाई एकमुष्ट भइ एनआरसीको विरुद्ध खडा भइदिने म हाम्रो पार्टीको तर्फबाट आह्वान गर्दछु। गोर्खालाई अल्पसंख्यक बनाउने एनआरसीको हामीले एकजुट भएर बृहत रुपमा बिरोध गर्नपर्छ। यो बिरोध मेरो ब्यक्तिगत या हाम्रो पार्टीको मात्र नभएर यो बिरोध गोर्खा समुदायलाई तितरबितर पार्ने एनआरसीको विरुद्ध हुनुपर्ने छ। हामीले बारम्बार एनआरसीको विरोध गरिरहेका छौँ अनि त्यसको साथसाथै यदि आगामी दिनहरुमा एनआरसी यहाँ लागू गरिन्छ भने हामी त्यसको पनि घोर बिरोध गर्नेछौं अनि आफ्नु जातिलाई बचाउनको निम्ति यदि सर्वोच्च न्यायलयमा रैथाने (Original Inhabitants) वर्गको निम्ति मुद्दा लड्नपरे हामी त्यसको निम्ति तयार रहेको जानकारी दिन चाहन्छु।


बिनय तामाङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा।।

भारतीय जनता पार्टीले बारम्बार गोर्खाको चिनारी दिनेछौं भन्दै गोर्खाकै छातीमा एनआरसीको मार्फत चिन्ह लगाउदै विदेशीको लान्छना मात्र नलगाएर देशबाट नै खेद्ने खेल शुरु गरिसकेका छन्। आजसम्म भारतीय गोर्खाहरुको त्याग, तपस्या अनि बलिदानको कुनै पनि दलको केन्द्रिय सरकारले

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.