भारत सरकारद्वारा राष्ट्रीय मुक्त विधालय (एनईओएस) मार्फत अप्रशिक्षित शिक्षक शिक्षिकाहरुको निम्ति ओडीएल, डीएलइडी मार्फत दुई वर्षे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हुनाले यस तालिमलाई सम्पन्न गराउन स्थापित गरिएको अध्ययन केन्द्र सन्त जर्जेस उच्चतर माध्यमिक विधालय अन्तर्गत तालिम प्राप्त गर्ने मङपुका सम्पूर्ण सरकारी तथा गैर सरकारी विधालयका प्रशिक्षनार्थीहरुले आफुहरुले उक्त केन्द्र मार्फत सफलतापुर्वक प्रशिक्षण प्राप्त गर्न सकेकोमा अध्ययन केन्द्रका प्रशिक्षकहरुलाई कृतज्ञता प्रकट गर्न यहाँको सरस्वती उच्चतर माध्यमिक विधालयमा एउटा कार्यक्रम सम्पन्न भयो |
शिक्षिका प्रभारी चन्द्रकला राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि अध्ययन केन्द्रका समन्वयक राजु शेर्पा अनि विशिष्ट अतिथिको रुपमा अध्ययन केन्द्रकै प्रशिक्षकहरु क्रमैले भानु अधिकारी, डेविड लेप्च, अनुस लेप्चा अनि प्रविन कुमार लोहागुण रहेका थिए भने अन्य अतिथिहरुमा अवकाश प्राप्त सह शिक्षक एके गुरुङ, डीएस प्रधान, सुरेन्द्र थिङ लगायत कार्यरत शिक्षक शिक्षिकाहरु सिनोरा प्रधान, कन्चन राई, अमिर गुरुङ, गीता छेत्री(सुपर भाइजर) मङपु सर्कल कार्यलयका कर्मचारीवर्ग एवम टीपीटीए मङपु क्षेत्रका सभापति सचिवको बिशेष उपस्थित रहेको थियो |
कार्यक्रमलाई रोचक बनाउन गायक पदम बराइलीले सरस्वती बन्दना प्रस्तुत गरेका थिए भने सन्त मंगल अकादमी, हिल एन्जल्स साथै राजमान धुरा शिशु शिक्षा केन्द्रका विधार्थीवर्गले सुन्दर नृत्य प्रस्तुत गरेका थिए | उक्त कार्यक्रममा शिक्षक ऋतुराज लामिछाने अनि राजु शेर्पा समन्वयकले सुमधुर गीत प्रस्तुत गरेका थिए | शिक्षक बल बहादुर प्रधानले संचालन गरेको कार्यक्रमलाई शिक्षक दिलिप शर्मा, राजु शेर्पाले पनि सम्बोधन गरेका थिए | कार्यक्रममा उपस्थित सम्पूर्णलाई मन्जित थापाले स्वागत जनाएका थिए भने मनोज मोक्तानले सम्पूर्णलाई धन्यबाद प्रकट गरे | यसै कार्यक्रममा शिक्षिका सुर्यमणि राईले कृतज्ञता पत्र पठन गरेका थिए ||

Post a Comment
We love to hear from you! What's on your mind?