आज 4 जुनको दिन पश्चिम बंगालका माननीय मुख्यमन्त्री सुश्री ममता
व्यानर्जीसित कोलकत्ताको नवान्नमा करीबन 40 मिनटसम्म वार्तामा दार्जीलिङ
पहाडको विविध विषयहरू र समस्याहरूलाई लिएर कुराकानी भयो । आजको वार्तामा
राज्यको वित्त मन्त्री श्री अमित मित्रको विशेष उपस्थिती थियो ।
सुश्री ममता व्यानर्जी अनि राज्य सरकार दार्जीलिङ पहाड अनि उत्तर बङालको
विकास अनि गोर्खा जातिको चिन्हारी र उत्थानको निमित्त जो चुनावको अघि जो
वचनहरू दिएकी थिइन् सो वचनहरू चुनावमा पराजित भएतापनि पुरा गर्ने विश्वास
दिलाउनु भयो । गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको मुख्य सल्लाहकारको रूपमा
श्री अमरसिंह राई रहनेछ । नयाँ मुख्य सचिव जीटीए श्री सुरेन्द्र गुप्तले
चाँडै नै आफनो पदभार सम्हाल्ने छन् ।
मुख्यमन्त्रीसित को
वार्तामा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्री विनय तामाङ, गोर्खाल्याण्ड
क्षेत्रिय प्रशासनका अध्यक्ष अनित थापा लगायत उतर बङाल विकास विभागका
मनोनित अध्यक्ष श्री अमरसिंह राई उपस्थित थिए ।
अर्को भेटमा आज नै श्री पार्थ च्याटर्जी, माननीय मन्त्री, शिक्षा विभाग, पश्चिम बंगाल सरकार र गोजमुमो अध्यक्ष श्री विनय तामाङ, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका अध्यक्ष श्री अनित थापा अनि उत्तर बङाल विकास विभागका मनोनित अध्यक्ष श्री अमरसिंह राई माझमा पहाडको शिक्षा क्षेत्रमा आएको विविध समस्याहरू बारे विस्तृत रूपमा चर्चा-परिचर्चा गरियो ।
शिक्षक
नियुक्ति विषयमा पुनः अवलोकन (रिभ्यु ) गरेर मात्र नियुक्ति दिनेछ । केही
दिन अघि सामाजिक सञ्जालमा आएको सुची आधिकारिक सुची नभएको औ आज पर्यन्त
त्यो सुचीमा भएको शिक्षक-शिक्षकाह रू
नियुक्ति पत्र नपाएको आधिकारिक पुष्टि गर्दछौं । सामाजिक सञ्जालमा प्रसार
गरिएको तथ्य चुनावको माहोलमा राजनैतिक प्रेरित रहेको अनि बदनाम गर्ने
प्रयास मात्रै रहेको हो जसको कुनै आधार नै छैन ।
सम्पूर्ण शिक्षक नियुक्तिको आधिकारिक्र प्रकिया अविलम्ब शुरू गर्नेछ हामी आश्वासन दिन चाहान्छौ ।
सम्पूर्ण शिक्षक नियुक्तिको आधिकारिक्र प्रकिया अविलम्ब शुरू गर्नेछ हामी आश्वासन दिन चाहान्छौ ।
भाजपाबाट श्री राजु विष्ट अनि श्री निरज जिम्बाले पहाड र पहाडबासीको हित र
भलाईको निमित्त के कसो गर्लान् या नगर्लान् ? तर हामी चुनावमा हारेतापनि
पहाड र पहाडबासीको निमित्त हामीले चुनावमा दिएको वचनहरू आउँदो 23
महिनाभित्र अवश्य पुरा गरिदिएका हुन्छौ - जो हामी हाम्रो राजनैतिक धर्म
सम्झेका छौं ।
Post a Comment
We love to hear from you! What's on your mind?