जेबी तामांगको व्यक्तिगत वयानले गोजमुमो १ र गोरामुमोमा गतिलै फाटो भन्न कति सठीक?

JB Tamang HPWU president
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको युनियन एचपीडब्ल्युयु नेता जेबी तामांगको वयानले तिनलाई गोजामुमो बिमल खेमासंगको गठबन्धनमा विश्वास र सन्तुष्टि नभएको स्पष्ट स्पष्ट बुझिएको छ | तिनलाई यस्तो लागेको छ कि गोर्खा जनमुक्ति बिमल गुटले केवल आफ्नै फाइदाको निम्तिमात्र आफुहरुलाई प्रयोग गरेको र चुनावमा समेत बिमल समार्थकहरुले जिम्बालाई भोट दिएन | जब मौका पर्छ तबनै आफुहरुलाई टेकेर माथि उक्लने गोजमुमो १ को ध्येय छ उनको सोंचाई यस्तै स्पष्ट छ | यसैकारण पनि तिनले आफ्नो वयानमा बिमल गुरुङ समुह र समर्थकहरु माथि मनमा लागेको सबै भडास पोखेका छन् | तर यता गोरामुमो नेताहरु क्रमैले प्रवक्ता निरज जिम्बा अनि अजय एडवर्डले आफ्नो वयानमा त्यो केवल तिनको व्यक्तिगत सोंचमात्र रहेको बताएका छन् भने गोजमुमो बिमल समुह र गोरामुमोको गठबन्धन गोर्खाको समस्या समाधान नभएसम्म यथावत रहने प्रवक्ता तथा बर्तमान दार्जीलिंग विधायक निरज जिम्बाले आफ्नो फेसबुक एकाउन्टमा लेखेका छन् |यी दुई नेताको वयानबाट यो केवल तिनको व्यक्तिगत विचार र पार्टीमा त्यस्तो कुनै अन्तरकलह नआएको पनि बुझ्न सकिन्छ भने तिनले "नगरपालिकाका बोर्ड गठन हुँदा उनीहरू GJMM (1) कै थिए" सम्म भनेका छन् |

गोरामुमो प्रवक्ताले आफ्नो फेसबुक एकाउन्टमा यसरी लेखेका छन् :-


श्रीमान जे•बि•तामंगका वक्तव्य लिएर जे पनि गुनासो भइरहेछ त्यो खेदको विषय हो। उनले आफ्नो मन्तव्य पोखे होलान् कुनै सभामा तर गठबन्धनको धर्म हामी पालन गर्ने नै छौं। यो नगरपालिकाका बोर्ड गठन हुँदा उनीहरू GJMM (1) कै थिए। तेतीबेला हाम्रो गठबन्धन थिएन।समाजको दलालहरू र असामाजिक तत्वहरूलाई निमिट्यान्न पारेर हाम्रो जातीय एकता कायम राख्न बंगाललाई चुनौती दिन तयार भएका यो गठबन्धन् बरकरार रहनेछ। गठबन्धनले ताकेको दुइटै लक्ष्य छ अनि त्यो पूर्ण नभईन्जेल हामी साथ रहनुपर्छ भन्ने वोध हामीलाई राम्ररी नै थाह छ तर कुनै पनि ठूला - ठूला निर्णय लिनुपर्यो भने सहयोगी दलहरूले आपस्तमै मिलेर लियो भने गठबन्धनमा कहिले वाधा उत्पन्न हुने छैन भन्ने हामी GNLFका पक्षधरहरूले विश्वास राख्दछौं।

स्थितिलाई हेर्दा जेबी तामांग बाहेक अहिलेसम्म कुनै गोरामुमो नेताले यस प्रकारको गठबन्धनमा फाँट आउने वयान साथै अविश्वासी वक्तब्य दिएको पाइएको छैन |
तामांगको वयानलाई नियाल्दा तिनले पार्टीको शिर्षस्थ नेतृत्वसंग सम्पर्क नराखी आफ्नै पार्टीको शिधान्तलाई भुलेर माथि चडी स्वतन्त्र बोलेको पनि बुझ्न सकिन्छ | तिनको वयान फेसबुकभरि भाइरल भएपछि गोर्खा एकता बनिसकेको अवस्थामा यस्तो वयान सुन्दा जनता रिसाएको र तिनलाई गाली गरेको कमेन्टबाट बुझ्न सकिन्छ | "तिनी पक्रा पर्दा थाना घेराउ गर्ने गोरामुमोको मात्र समर्थक थिएन हामी सबै थियौं", " निरज जिम्बा र राजु विस्टको जीत भाजपाको या कुनै पार्टीको जीत होइन गोर्खा जातिको हो " - यसरी रिसाएका छन् फेसबुकमा |

गोरामुमो युनियन एक जना नेताले असन्तुष्टि देखाउंदैमा यता कतिपय समचार मध्यमतिर भने गोजमुमो १ र गोरामुमोमा गतिलै फाटो आएको हल्ला फैलिन थालेको छ |


प्रतिविम्ब न्यूज अनुसार  यस्तो समाचार  छ -


गोरामुमो-गोजमुमो-1-माझ देखियो गतिलै फाटो
* विमलपन्थी गोजमुमोले निरज जिम्बालाई भोट पनि दिएनः जेबी तामाङ
* यस्तो वक्तव्यले गठबन्धनमा फाटो आउँछः विमल गुरूङ
* स्थायी समाधान नभएसम्म जारी रहन्छ गठबन्धनः अजय एड्वर्ड

चुनाउपछि गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोमाझ देखिएको अप्रत्यक्ष चिरामा जेबी तामाङको वक्तव्यपछि गतिलै फाटोमा परिणत भएको छ। तरै पनि गोरामुमोको शीर्ष नेतृत्वले यसलाई समर्थक स्तरको व्यक्तिगत विचार हो भन्ने स्पष्टीकरण दिएको छ। हिजो एक सभालाई सम्बोधन गर्ने क्रममा गोरामुमोको श्रमिक संगठन एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-का कार्यकारी अध्यक्ष जेबी तामाङले विनलपन्थी गोजमुमोले गोरामुमोको काँधमा चडेर बन्दुक पड्काएको आरोप लगाएपछि गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोमाझको सम्बन्धमा गतिलै फाटो आएको स्पष्ट भएको छ।
जेबी तामाङको यस्तो वक्तव्य सार्वजनिक भएपछि भूमिगत गोजमुमो नेता विमल गुरूङले पनि एक अडियो जारी गरेर भाजपा उम्मेद्वार राजु विष्ट र निरज जिम्बाको जीतमा कुनै एउटा पार्टीको मात्रै योगदान नरहेको बताएका छन्। जसमाथि आज गोरामुमो नेता अजय एड्वर्डसित प्रश्‍न गर्दा उनले गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोका शीर्ष नेतृत्वमाझ सम्बन्ध असल रहेको बताउँदै दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान नभएसम्म यो गठबन्धन जारी रहने बताए।
अर्कोतिर जेबी तामाङले स्पष्ट शब्दमा विमल गुरूङपन्थी गोजमुमोलाई साँपको संज्ञा दिएका छन् अनि साँपलाई जति नै दूध पिलाए पनि एक दिन ठुँग्छ नै भनेका छन्। उनको यस्तो वक्तव्यबाट गोरामुमो र विमलपन्थी गोजमुमोमाझ गतिलै फाटो आएको स्पष्ट भएको छ। तामाङले भनेका छन्-गोरामुमो-1 (विमलपन्थी गोजमुमो)-ले गोरामुमोको ढाँडमा चडेर बन्दुक पड्काउने काम गरिरहेको छ। यसैले गत लोकसभा चुनाउ र विधानसभाको उपचुनाउमा भाजपा उम्मेद्वारहरूको जीत भएपछि यसको श्रेय गोजमुमो-1-ले लिने प्रयास गरिरहेको छ।
यसैले गोरामुमो नेता अजय एड्वर्डले जीटीए खारेज गर्नुपर्ने, नगरपालिकाका नगरपार्षदहरू स्वतन्त्र बस्नुपर्ने वा दल परिवर्तन गर्नुपर्ने वक्तव्य दिनसाथ गोजमुमो-1-का नगरपार्षदहरूले हत्तार-हत्तार दार्जीलिङ नगरपालिकामा गएर अविश्‍वास प्रस्ताव ल्याउने माग गरेका हुन्। नत्र, उनीहरूले गोरामुमोसित सल्लाह गर्नुपर्ने थिएन? यसैले अब गोरामुमोले गोजमुमो-1-लाई बोकिरहने कुनै काम नै छैन। भाजपाका उम्मेद्वारहरूलाई गोरामुमोले जिताएको हो र भाजपाका यी उम्मेद्वार वा सांसदले पनि आफ्नो संगठन बिस्तार गर्नु होइन, गोर्खा जाति र दार्जीलिङ पहाडको लागि काम गर्नुपर्छ। उनले गत लोकसभा र विधानसभाको चुनाउमा गोजमुमो-1-का एकैजना कार्यकर्ता पनि मतदान केन्द्रमा नबसेको आरोप लगाउँदै उनीहरूले भाजपा उम्मेद्वारका रूपमा खडा भएका निरज जिम्बालाई भोट पनि नहालेको बताए। ताकि निरज जिम्बा यो चुनाउमा हारून् अनि गोरामुमो बद्नाम होस् भन्ने गोजमुमो-1-को चाल थियो।
यति मात्रै होइन, तामाङले चियाश्रमिकहरूलाई विभिन्न सहुलियतहरूबाट वञ्चित बनाउनमा गोजमुमो-1 र 2 दुवैको हात रहेको पनि आरोप लगाए। जसबाट गोरामुमो र गोजमुमो-1-माझको सम्बन्धमा कति हदसम्म फाटो आएको छ भन्ने छर्लङ्ग हुन्छ। जेबी तामाङको वक्तव्य सार्वजनिक हुनसाथ विमल गुरूङले आज बिहानै एक अडियो जारी गरेर गठबन्धन भएपछि कसैले कसैलाई होंच्याउन नहुने बताएका छन्। यसका साथै गुरूङले पनि तराईका 1 लाखभन्दा अधिक गोजमुमो समर्थकहरूले राजु विष्टको पक्षमा मतदान गरेको बताएका छन्। तरै पनि हामी सबै पार्टीले राजु विष्ट र निरज जिम्बालाई जिताएका हौं, यसमा कसैले श्रेय लिने काम गर्नु उचित होइन। यसप्रकारो टिका टिप्पणीले गर्दा गठबन्धनमा फाटो आउने गर्छ। यसैले गोरामुमोका शीर्ष नेतृत्वहरूले आफ्नो तल्लो स्तरका कार्यकर्ताहरूलाई सम्झाउनपर्छ।
यसै सम्बन्धमा आज गोरामुमो केन्द्रिय समिति नेता अजय एड्वर्डसित प्रश्‍न गर्दा उनले भने-यस्तो समस्या कार्यकर्ता स्तरमा छ, तरै पनि पार्टीको शीर्ष स्तरका नेताहरू एकसाथ छन् अनि गत चुनाउमा गठन भएको गठबन्धन दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान नभएसम्म यथावत रहनेछ। हिजो जेबी तामाङले जुन वक्तव्य दिएका छन्, त्यो उनको व्यक्तिगत बयान हो। तरै पनि पार्टीले कार्यकर्ताहरूलाई यसप्रकारको बयानबाट सतर्क रहन उचित परामर्श दिनेछ।

गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको युनियन एचपीडब्ल्युयु नेता जेबी तामांगको वयानले तिनलाई गोजामुमो बिमल खेमासंगको गठबन्धनमा विश्वास र सन्तुष्टि नभएको स्पष्ट स्पष्ट बुझिएको छ | तिनलाई यस्तो लागेको छ कि गोर्खा जनमुक्ति बिमल गुटले केवल आफ्नै फाइदाको निम्तिमात्र आफुहरुलाई प्रयोग गरेको र चुनावमा समेत बिमल समार्थकहरुले जिम्बालाई भोट दिएन |

Read latest post filed under Election, mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.