मङपु, ६ जुन, राजेश थापा: विश्व पर्यावरण दिवसकै अवसर पारेर मङपुको पुरानो शैक्षिक संस्थान सरस्वती उच्चतर माध्यमिक विधालयले प्रदुषणमुक्त समाज निर्माण गर्ने दिशामा हरेक जनसाधारण तथा दोकानदारहरुलाई सहयोग को अपिल गरेको छ | यो कुनै आर्थिक सहयोग नभएर एउटा आवश्यक व्यवहारिक सहयोगको अपिल हो | वस्तुत: आजको सामाजिक, आर्थिक र अझ महत्वपूर्ण कुरा शैक्षिक क्षेत्रमा धुम्रपान जन्य वस्तुहरु जस्तै चुरोट सेवन, गुटका सेवन लगायत मद मदिराको अतिशय सेवन साधारण बन्दै गइरहेको छ जसले हाम्रो समाज र पर्यावरणलाई ठुलो क्षति पुराइरहेको कुरा सबैलाई थाहा भएको हो | यति मात्र नरहेर यी कुराहरुले व्यक्तिको सोंच र स्वास्थ्य दुवैलाई घात गरिरहेको सत्यलाई पनि हामी नकार्न सक्दैनौ | यसको नकारात्मक प्रभाव सबैभन्दा बडी हाम्रा विधार्थीवर्ग अनि किशोर अवस्थाका अव्यस्कहरुमाथि अत्याधिक परिरहेको छ | हालमा हरेक दोकानहरुतिर छात्र अथवा छात्राहरुलाई निर्धक यस्ता धुम्रपानजन्य वस्तुहरु बिक्री गर्न साथै सेवन गर्न दिइरहेको पाइन्छ | विधालय आएका विधार्थीहरुको गोजीमा यस्ता वस्तुहरु पाउन हाल आश्चर्यको विषय होइन | यही बिमारलाई हटाउन हो भने हरेक दोकानदार साथै जनसाधारणले एउटा पहल गर्नै पर्ने स्थिति अघि आएको छ | फलत: अबोप्रान्त विधालय परिसर होस् या त स्थानीय बजारका दोकानदारहरुले हरेक विधार्थी समुदाय वा अठार वर्षदेखि कम उमेरका नानीहरुलाई मद मदिरा, गुटका, सुर्ती तथा अन्य धुम्रपानजन्य बस्तुहरु बिक्री नगरिदिने अपिल सरस्वती उच्चतर माध्यमिक विधालयले गर्दै भविष्यका कर्णधारहरुलाई पथभ्रष्ट हुनदेखि जोगाइदिने अपिल गरेका छन् ||
प्रदुषणमुक्त समाज निर्माणको निम्ति सरस्वती विधालयको अपिल
06Jun2019
Post a Comment