World Environment Day observed by Labdah cinchona Division

विश्व पर्यावरण दिवस पालन गर्दै मङपुभरि व्यापक वृक्ष रोपन अनि सचेतना कार्यक्रम

आज विश्व पर्यावरण दिवसको अवसर पारेर मङपु क्षेत्रमा व्यापक रुपमा वृक्ष रोपन, सफाई अभियान साथै सचेतना र्यालीहरु सम्पन्न भयो | यहाँका विभिन्न स्कुलहरुमा सेन्ट एन्थोनी स्कुलले वृक्ष रोपन, सन्त मंगलले सचेतना र्याली अनि सिद्धार्थ मेमोरियल स्कुल मङपु विभागले सफाई अभियान साथै सचेतना र्याली सम्पन्न गर्यो | यही लहरमा मुख्य गरेर लाब्दा सिन्कोना विभागले बृहत रुपमा पर्यावरणलाई पालन गरेको छ | सिन्कोना निर्देशालयको परामर्श अनुसार लाब्दा विभागीय ग्याङमेन एमबी रसाइलीको निर्देशन साथै सहभागितामा ७४ धुरा आदर्श परिवारद्वारा विभिन्न रुखका विरुवा साथै बाँसहरु क्षेत्रभरि रोपन गरियो | यसरी नै लाब्दा गोदाम धुरामा गोदाम कर्मचारीहरुद्वारा वृक्ष रोपन गरियो भने लाब्दा सिन्कोना विभागसितै संयुक्त रुपमा लाब्दा ट्राइबल वेलफेयर एसोसिएशन साथै दोङाङ छोइलिङ सार्वजनिक बौद्ध गुम्बाले जोगीघाट जाने सडकको किनारहरुमा पात्री खोला परिसर साथै जोगीघाट चेकपोस्ट परिसरमा विभिन्न प्रजातिका बोट विरुवा अनि फूलहरु रोपन गर्दै परिसरलाई सफा गरि विगत वर्षहरुमा रोपिएका पौधाहरुलाई गोडगाड गरी विश्व पर्यावरण दिवसलाई पालन गरेको छ | कार्यक्रम भित्रनै विभागीय गयाङमेन एमबी रसाइलीले वृक्ष रोपन गरेर मात्र हाम्रो कर्तब्य पुरा नहुने बताउदै यसलाई हरेकले आफ्नो सम्झेर माया गरे मात्र सफा अनि स्वस्छ वातावरण निर्माण गर्न सकिने बताए भने रोपिएका हरेक फूल अनि पौधाहरुलाई हेरचाह गर्ने सबैको दायित्व रहेको जनाए ||

आज विश्व पर्यावरण दिवसको अवसर पारेर मङपु क्षेत्रमा व्यापक रुपमा वृक्ष रोपन, सफाई अभियान साथै सचेतना र्यालीहरु सम्पन्न भयो | यहाँका विभिन्न स्कुलहरुमा सेन्ट एन्थोनी स्कुलले वृक्ष रोपन, सन्त मंगलले सचेतना र्याली अनि सिद्धार्थ मेमोरियल स्कुल मङपु विभागले सफाई अभियान साथै सचेतना र्याली सम्पन्न गर्यो | यही लहरमा मुख्य गरेर लाब्दा सिन्कोना विभागले बृहत रुपमा पर्यावरणलाई पालन गरेको छ |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.