आन्दोलनकारीहरुलाई भेट्दै मिरेन लामाले भने “मङपुमा राजु बिष्टलाई ल्याएर सिन्कोना डुबाउने काम नगरेकै राम्रो”

Miren lama Address Cinchona Pen down Strike
 मङपु, ३१ अगस्त, राजेश थापा: प्राय: दस वर्ष अघिदेखि ठप्प रहको ग्रुप डी पदोन्नति प्रक्रिया चालु गर्नुपर्छ भन्ने माग लिएर आन्दोलनरत सिन्कोना सहायक संगठनको आज तेश्रो दिनको पेन डाउन स्ट्राइक साथै निर्देशक कार्यलयअघिको धर्नामा आन्दोलनकारी हरुलाई भेट गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय सदस्य मिरेन लामाले दार्जीलिंग सांसद राजु विष्टको सम्भावित मङपु भ्रमणबारे आपत्ति जनाउँदै विष्टलाई मङपु ल्याएर सिन्कोना डुबाउने काम नगरेकै राम्रो भनेका छन् | तिनले भनेका छन् कि भोलिको दिनमा सिन्कोना डुब्यो भने त्यसको जिम्मेवारी को हुन्छ? हो विष्ट सबै को सांसद हो, तर सिन्कोनाको विषय राज्यको हो | अहिले राज्य र केन्द्रको सम्बन्ध बोक्सी र धामीको जस्तै भइरहेको छ | राजु विष्ट आउँदा हाम्रो पनि स्वागत छ तर यो अवस्थामा आएर सिन्कोनामा ठूलो ठूलो कुरा गरिदियो भने सिन्कोनाको भविष्य भोलि कता होला? सिन्कोना बगाननै बन्द भए त्यसको जिम्मेवारी को हुन्छ ? बोलाउने सिन्कोनाबासीनै होला यसैले जसले पनि यदि सिन्कोनाको भलो चाहन्छ भने राजु विष्टलाई अहिले सिन्कोना बगानमा न ल्याइदिएको नै ठिक हो तिनलाई पछि ल्याउँदा पनि हुन्छ भने | पछिबाट तिनले पत्रकारलाई सम्बोधन गर्दै सहायक संगठनको यो आन्दोलनलाई स्वागत योग्य रहेको बताउंदै समर्थन जनाएको छ | गोजमुमोले सिन्कोनाको समस्या कोलकाताको हिल अफेयर्सको कार्यलयमसम्म अघिनै पुराइसहेको बताउंदै चुनावको कारण सो कार्यमा बिलम्ब भइरहेको पनि बताए भने जबसम्म सिन्कोनाको समस्या समधान हुँदैन तब सम्म गोजमुमो पार्टी अनि यसको युनियन सन्चोले नबस्ने पनि स्पष्ट परेका छन् | यता आन्दोलनकारी सहायक संगठन पक्षबाट संगठनका केन्द्रीय प्रवक्ताले हामी यो आन्दोलनलाई दुर्बल होइन अझ शसक्त पारेर लाने निश्चित गरिसकेका छौँ र आजसम्म हामी कार्यलय सहायकहरु मात्र धर्नामा उत्रेका छौँ आवश्यक परे हाम्रा अन्य फिल्डका सहायक साथीहरुलाई पनि उतार्ने बताउँदै अब आश्वासनमा नअल्झेर जबसम्म सरकारी पक्षबाट कुनै लिखित पदोन्नति प्रक्रियाको घोषणा हामीसम्म आइपुग्दैन तबसम्म यो आन्दोलनले विराम नलिने केन्द्रीय समितिले निर्णय लिएको बताए |
भिडियोमा हेर्नलाई यहाँ CLICK गर्नोस्

प्राय: दस वर्ष अघिदेखि ठप्प रहको ग्रुप डी पदोन्नति प्रक्रिया चालु गर्नुपर्छ भन्ने माग लिएर आन्दोलनरत सिन्कोना सहायक संगठनको आज तेश्रो दिनको पेन डाउन स्ट्राइक साथै निर्देशक कार्यलयअघिको धर्नामा आन्दोलनकारी हरुलाई भेट गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय सदस्य

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.