मङपुमा एक अज्ञात अनि अचेत अवस्थामा व्यक्ति फेला पर्यो

Unconcious person found in Mungpoo
बुद्धबार करिब ६ बजे साँझ मङपु पोखरी धुरा नजिक एउटा अज्ञात ब्याक्तिलाई अचेत अनि घाइते अवस्थामा मङपु पुलिसले फेला पारेको छ | चोट लगेर घायल बनेको उक्त व्यक्तिलाई तत्कालै यहाँको सरकारी सिन्कोना अस्पतालमा भर्ना गरिएको छ | को हो कहाँको हो कसैले चिन्न नसकेर यसरी बेहाल अवस्थामा लडिरहेको रहेको व्यक्तिलाई मङपु पुलिस विभागले उठाएर अस्पतालसम्म पुराएर परोपकारी काम गरेपनि आजसम्म त्यस व्यक्तिको होश नखोलिएको औ स्वास्थ्यमा सुधार नआएको कारण कुनै सहयोग पुराउन नसकिरहेको जानकारी प्राप्त छ | प्राय: ५० वर्ष उमेर भएको त्यस व्यक्तिलाई कसैले योगी हो भनेपनि कहाँबाट आएको त्यो भने पत्तो लगाउन सकिरहेको छैन | यस्तो अवस्थामा त्यस व्यक्तिलाई कुनै एनजीओहरु अघि आइदिए घाइते अवस्थामा रहेको अज्ञात व्यक्तिलाई उसको घर चिनाउन सकिने थियो र आफन्तहरुको पत्तो लागे जिम्मा लगाउन सकिने कुरो पुलिसपक्षले दिएको छ ||

बुद्धबार करिब ६ बजे साँझ मङपु पोखरी धुरा नजिक एउटा अज्ञात ब्याक्तिलाई अचेत अनि घाइते अवस्थामा मङपु पुलिसले फेला पारेको छ | चोट लगेर घायल बनेको उक्त व्यक्तिलाई तत्कालै यहाँको सरकारी सिन्कोना अस्पतालमा भर्ना गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.