सिटोङ साहित्य मञ्चको सभा सम्पन्न

Sittong Sahitya Mancha
सिटोङ क्षेत्रको सबै भन्दा पुरानो साहित्यिक संस्था सिटोङ साहित्य मञ्चको एक सभा बसेको थियो।सेल्पु स्थित केएन मेमोरियल स्कुलमा बसेको मञ्चको सभापतित्व सभापति एलबी थापाले गरेका थिए।
   सिटोङ साहित्य मञ्चले लामो अन्तराल पश्चात् साहित्यिक पत्रिका हाम्रो सुरुआत प्रकाशन गर्ने जमर्को कसेको छ ,जसको अद्यावधि काम समाप्त भइसकेको छ।पत्रिकाको निम्ति चाहिने रचनाहरु सङ्ग्रहीत भइसकेको अनि सम्पादन समेत गरिसकिएको हुँदा आगामी सितम्बर महिनामा यसको लोकार्पण गर्ने प्रस्ताव आजको सभाले ग्रहण गरेको छ।
  हाम्रो सुरुआत लगातार रुपमा बाह्रौं अङ्क सम्म प्रकाशित भएर साहित्य सेवा गरेपश्चात कतिपय कारणहरुले बन्द भएको थियो।सो पत्रिकालाई नै निरन्तरता दिन सिटोङ साहित्य मञ्च लागिपरेको छ।सभामा उपस्थित सदस्यहरुले पत्रिका विमोचन अनि बिक्री ब्यवस्थापन बारे पनि चर्चा गरेका थिए।आजको सभाले पत्रिकाको आकार,प्रति अनि समावेश गरिने रचनाहरु बारे पनि बिस्तृत चर्चा गरेका थिए।
   लामो समय पश्चात् प्रकाशित हुन गइरहेको पत्रिकाको स्तरीयता बारे सबैले आ- आफ्नो मत ब्यक्त गरेका थिए।
  आजको सभाको प्रमुख विषयहरु मध्ये एक सदस्यता अनि  सदस्यता शुल्क पनि रहेको थियो।सिटोङ साहित्य मञ्च पुनर्गठन समयमा अनेकौ साहित्यप्रेमी अनि साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको भएता पनि सो सङ्ख्या दिनदिनै न्यून बन्दै गएको प्रति सभामा चिन्ता ब्यक्त गरिएको थियो।स्थिति के रहेको छ भने सिटोङ साहित्य मञ्चको सक्रिय सदस्य सङ्ख्या हालमा केवल सत्र जना मात्र रहेको जसले सभामा निरन्तर उपस्थिति दिइरहेको अनि सदस्यता शुल्क: समेत समयानुसार दिइरहेको सचिव जितेन्द्र खवास' अमूर्त' ले जानकारी गराएका छन्।निरन्तर रुपमा सभामा अाुपस्थित हुने अनि प्रारम्भिक सदस्यता शुल्क: समेत नबुझाएकाहरुका लागि आगामी दस अगस्त सम्म समय दिइएको पनि उनले थप खुलाएका छन्।
  सिटोङ साहित्य मञ्चले क्षेत्रका प्रतिभाहरुलाई साहित्य प्रति उन्मुख गराउन सिटोङ भेकका विभिन्न गाउँमा मासिक प्रकरण आयोजना गर्ने गर्दछ।कतिपय राष्ट्रिय स्तरको कार्यक्रमहरु समेत आयोजन गरिसकेको मञ्चले मासिक प्रकरण अनि हाम्रो सुरुआतलाई निरन्तरता दिने लक्ष्य राखेको सभापति एलबी थापाले जनाएका छन्।पत्रिका प्रकाशनको सबै तम्तयारी पुर्ण भइसकेको अनि अब आगामी अङ्कको निम्ति रचना आमन्त्रित गरिने सम्पादक प्रकाश हाङखिमले सभामा जनाएका छन्।
आजको सभामम एलबी थापा,महेन्द्र थापा,लाडुप रोङकप,मिलन लामा रोगी,सुशील मुखिया,बुनु शर्मा,विकास खवास' शोषित' ,जितेन्द्र खवास' अमूर्त' अनि प्रकाश हाङखिमको उपस्थिति रहेको थियो।

सिटोङ क्षेत्रको सबै भन्दा पुरानो साहित्यिक संस्था सिटोङ साहित्य मञ्चको एक सभा बसेको थियो।सेल्पु स्थित केएन मेमोरियल स्कुलमा बसेको मञ्चको सभापतित्व सभापति एलबी थापाले गरेका थिए।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.