लाब्दा प्राथमिक पाठशालामा इश्वरचन्द्र विध्यासागर जयन्ती पालन

Ishwar Chandra Vidyasagar Bicentenary Birth Celebration
लाब्दा सीपी प्राथमिक पाठशाला मङपुमा ईश्वरचन्द्र विध्यासागरको २०० औं वर्षीय जन्म जयन्ति धुमधामले पालन गरियो | विगत २० सितम्बरदेखि प्रारम्भ भएको साप्ताहिक कार्यक्रमको आज समापन समारोह पनि थियो | पाठशाला उपस्थिति समितिका अध्यक्ष मदन राईको अध्यक्षतामा सम्पन्न पाठशालाको पूर्व संस्थापक शिक्षक एचडी राईको प्रमुख अतिथि रहेको कार्यक्रममा स्थानीय शिक्षानुरागीवर्गको पनि उपस्थिति रहेको थियो | पाठशाला भारप्राप्त प्रधान शिक्षक जोह्नी तामांगद्वारा उपस्थित अतिथिवर्गलाई स्वागत जनाएपछि इश्वरचन्द्र विध्यासागरको जन्म जयन्ति पाला गर्नुको औचित्यमाथि पनि प्रकास पारेका थिए | यसै अवसरमा प्रमुख अतिथिको बाहुलीबाट पाठशालाका पर्खाल पत्रिका “द बड” दोश्रो अंक पनि विमोचन गरियो | वर्तमान अध्ययानरत विधार्थीवर्गद्वारा विध्यासागर आधारित कविता वाचन अनि निबन्ध पाठ गरियो | तेश्रो अनि चौथो श्रेणीका विधार्थीवर्ग माझ विध्यासागरको जीवनीको विभिन्न पक्षहरुमाथि प्रश्नोतर कार्यक्रम पनि सम्पन्न भयो | यसै क्रममा प्रश्नोत्तर कार्यक्रममा उच्च अंक प्राप्त गर्ने प्रथम अनमिका बाहुन दोश्रो सजल लेप्चा, तेश्रो बिमित लेप्चा र सान्त्वना साङमो तामांगलाई पुरस्कृत गरियो |
प्रमुख अतिथि एचडी राई अनि अतिथि रतन छेत्री दुवैले विधासागरको जीवनी तथा आदर्शमाथि वक्तब्य राख्दै आफुहरुले यस पाठशालामा बिताएका बहुमुल्य क्षणहरुको पनि स्मरण गराए | पाठशालाका सह शिक्षक पवन राईद्वारा संचालन गरिएको कार्यक्रममा विधार्थीवर्गले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेर सबैलाई मोहित परेका थिए ||

लाब्दा सीपी प्राथमिक पाठशाला मङपुमा ईश्वरचन्द्र विध्यासागरको २०० औं वर्षीय जन्म जयन्ति धुमधामले पालन गरियो | विगत २० सितम्बरदेखि प्रारम्भ भएको साप्ताहिक कार्यक्रमको आज समापन समारोह पनि थियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.