Mungpoo Labdah Samasty Level Debate

मङपु लाब्दा समष्टि स्तरीय तर्क प्रतियोगिता शुरु

डाक्टर अम्बेडकर शैक्षिक एवम कल्याण संस्थानको आयोजनामा लाब्दा मङपु समष्टि स्तरीय अन्तर माध्यमिक विधालय तर्क प्रतियोगिता यहाँको मङपु विभागीय प्राथमिक पाठशाला भवनमा आजदेखि शुरु भयो | आज पहिलो राउण्डको तर्क प्रतियोगितामा सन्त मंगल एकडेमी र सारदा विधालय अनि हिल एन्जल्स एकडेमीको सरस्वती उच्चतर माध्यमिक विधालय माझ आकर्षक तर्क प्रतियोगिता सम्पन्न भयो | शुरुमा डाक्टर अम्बेडकरको तस्वीरमा कार्यक्रम अध्यक्ष एके गुरुङ, केबी गिरी, डा० ज्ञानचन्द्र गुरुङ आदिको बाहुलीबाट दीप प्रज्वलन गरि उपस्थित अतिथिवर्गमा परिचय संगै खादा अर्पण गरियो | आयोजक विधालय डाक्टर अम्बेडकर शैक्षिक एवम कल्याण संस्थानका प्रधान अध्यापक विकास गुरुङले संचालन गरेको कार्यक्रममा तर्क प्रतियोगिताको निर्णायक मण्डलीमा भूतपूर्व शिक्षक केबी गिरी, सुरेन्द्र थिङ, सुजित थापा, दिलिप शर्मा तथा किरण ब्लोनको उपस्थिति रहेको थियो | डाक्टर अम्बेडकर संस्थानले विगत २००८ देखि हरेक वर्ष तर्क प्रतियोगिता संचालन गर्दै आइरहेको र बिचमा केही असुविधाको कारण रुकावट आएपनि पुन: संचालनमा आएको विधालय प्रधान अध्यापक विकास गुरुङले जनाए | जसरी डाक्टर अम्बेडकरले पहिले शिक्षित बन, संगठित बन अनि आफ्नो अधिकारको निम्ति लड भन्ने वाक्यांशलाई अनुसरण गर्दै आफ्नो अधिकारको निम्ति लड्न एक तार्किक हुन आवश्यक रहेको पनि तिनले जनाए भने अघिल्लो चरणको प्रतियोगिताहरु सेमी फाइनल रङबी विभागमा हुने र फाइनल राउण्ड डा० अम्बेडकर शैक्षिक एवम कल्याण संस्थानकै प्रांगणमा हुने पनि गुरुङले जनाएको छ | भूतपूर्व शिक्षक एके गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा० ज्ञानचन्द्र गुरुङको प्रमुख आतिथ्य रहेको थियो विभिन्न विधालयका शिक्षक शिक्षिका संगै विधार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ||

Watch Vieo news HERE

डाक्टर अम्बेडकर शैक्षिक एवम कल्याण संस्थानको आयोजनामा लाब्दा मङपु समष्टि स्तरीय अन्तर माध्यमिक विधालय तर्क प्रतियोगिता यहाँको मङपु विभागीय प्राथमिक पाठशाला भवनमा आजदेखि शुरु भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.