Army Red wins Kanchanjungha Football Club

आर्मी रेडको २ गोलले हार्न पर्यो कंचनजंगा फुटबल क्लब

मङपु, २० अक्टुबर, राजेश थापा: मङपु युथ क्लबद्वारा आयोजित मङपु गोल्ड कपको अन्तिम क्वाटर फाइनल खेल आज आर्मी रेड बनाम कंचनजंगा फुटबल क्लबमाझ खुबै रोमान्चक रुपमा सम्पन्न भयो । दुवै दलका खेलाडीहरुले सेमिफाइनल राउण्डमा प्रवेश गर्ने होडमा सकेसम्म उत्कृष्ट प्रदर्शनी दिएपनि पुर्वार्धको खेल प्राय: आर्मी रेडको दबावमा थियो । फलत: एकाधिक पल्ट गोलपोस्टमा छिराउने प्रयास आर्मी रेडले लिएतापनि गोल हुन सकेन । पछि उतरार्धको खेल शुरुभएपछि कंचनजंगा एफसीले टीमलाई पुन: व्यावस्थित पार्दै आर्मी रेडलाई चुनौती दिनसम्म दिए । व्यापक दर्शकहरुको भीडमाझ घमासान रुपमा सम्पन्न भएको खेल अवधि कंचनजंगा एफसीका क्रमश: ५,६ र  ४ ले पहेंलो कार्डको सामना गर्न सम्म परेको थियो भने खुबै जोशपूर्ण खेलमा कंचनजंगा एफसीका अनिश राईले गोल बचाउने होडमा अभद्र खेल प्रस्तुत गरेको खण्डमा रेड कार्डको सामना गर्न पर्यो जसबाट पाएको पेनाल्टी सुटमा आर्मी रेडले एक गोल छिराउन सफल बने । एक गोल खाएपछि अर्को गोल बचाउंदा नबचाउंदै  आर्मी रेडको पक्षबाट पुन: दोस्रो गोल खांदै कंचनजंगा एफसीले हार स्विकार्नु परेको थियो । खेल अवधि आर्मी रेड टीमका जर्सी नम्बर ७ अनि ४ ले पनि पहेंलो कार्डको सामना गर्न परेको थियो ।।

Watch Video News HERE

मङपु युथ क्लबद्वारा आयोजित मङपु गोल्ड कपको अन्तिम क्वाटर फाइनल खेल आज आर्मी रेड बनाम कंचनजंगा फुटबल क्लबमाझ खुबै रोमान्चक रुपमा सम्पन्न भयो । दुवै दलका खेलाडीहरुले सेमिफाइनल राउण्डमा प्रवेश गर्ने होडमा सकेसम्म उत्कृष्ट प्रदर्शनी दिएपनि पुर्वार्धको खेल प्राय: आर्मी रेडको दबावमा थियो ।

Read latest post filed under mungpoo news, sports

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.