भाग्यले साथ दिएन हिमालयन एफसी सिक्किमलाई, १ गोल गर्दै झापा ११ फाइनलमा

Jhapa 11 beats Himalayan FC Sikkim in Mungpoo Gold Cup semi final
मङपु, २३ अक्टुबर, राजेश थापा: विगत सालको च्याम्पियन आमुक्त परिवारलाई क्वाटर फाइनलमा परास्त गर्दै आएको हिमालयन एफसी सिक्किम अनि करिश्मा स्टार सिलिगुडीलाई हार खुवाउने झापा ११ नेपालको रोचक भिडान्त आज मङपु गोल्ड कपको पहिलो सेमिफाइनल माझ सम्पन्न भयो । हरेक वर्षनै दर्शकको मन जित्न सफल छिमेकी राष्ट्र नेपालबाट आएका कुनैपनि टीमलाई दर्शकवर्गले हौसला दिने गर्छ भने यस वर्ष पनि झापा ११ लाई दर्शकको राम्रो समर्थन रहेको थियो । यता नयाँ टीम हिमालयन एफसी सिक्किमले क्वाटर फाइनलदेखिनै देखाएको कुसल खेलका प्रशंसकहरु पनि कमी थिएन् । खुबै कौतुहल अनि रोचकताको साथ सम्पन्न भएको आजको पहिलो सेमिफाइनलमा शुरुदेखिनै दुवै दलको गोल गर्ने प्रयास जारी रहेपनि प्राय: खेल हिमालयनको कब्जामा रहेको थियो । यसरी पहिलो हाफमा पनि कुनै टीमले गोल गर्न नसकेपछि उतरार्धको खेल पनि उत्तिकै जोशपूर्ण रह्यो । फलत: दबाव बनाइरहेको हिमालयन एफसीलाई भाग्यले साथ नदिंदा खेलको अन्ततिर नेपाल टीम एक गोल गर्न सफल बनेपछि यसवर्षको फाइनल खेल्न झापा ११ ले आफ्नो‌ स्थान सुरक्षित बनाएको छ ।।

भिडियोमा हेर्नोस्......


विगत सालको च्याम्पियन आमुक्त परिवारलाई क्वाटर फाइनलमा परास्त गर्दै आएको हिमालयन एफसी सिक्किम अनि करिश्मा स्टार सिलिगुडीलाई हार खुवाउने झापा ११ नेपालको रोचक भिडान्त आज मङपु गोल्ड कपको पहिलो सेमिफाइनल माझ सम्पन्न भयो ।

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.