नाली डाँडा व्यापारी संगठन द्वारा सफाई कार्यक्रम
MUNGPOO(मंग्पू )३० जून,निस: स्वस्छ परिवेशमा प्राणी जति सबैलाई राम्रो हुन्छ साथै जीवन बिताउन समय अनुकूल रहन्छ | झन मानिस जति सर्वश्रेष्ठ प्राणी भएको कारण सफा - सुग्घर बस्छौं | त्यसैले स्वास्थ्य नै धन हो | स्वास्थ्य रहनको लागि परिवेश सफा हुन पर्छ | यहि सोच लिएर आज नाली डाँडा व्यापारी संगठन मंग्पूको तत्वाधानमा नाली डाँडा फाटकदेखि बस स्ट्याण्ड ,लाब्दा विभाग जाने सडक तथा नाली डाँडा चौक देखि मंग्पू अस्पताल जाने सडक प्राङ्गन सम्म सम्पूर्ण रूपले सफाई गर्ने कार्य सम्पन्न भयो | यस पुनित कार्यक्रममा संगठनका प्रत्येक सदस्य - सदस्याले जोशपूर्ण यस सामाजिक कार्यक्रमलाई आ - आफ्नो कर्तब्य सम्झी अंश ग्रहण गरे | यस कार्यलाई संगठनका कर्मठ व्यतित्वहरु केशर मोक्तान, अर्पण प्रधान , सतन तामांग , आनन्द राई ,बिकाश गुरुङ ,कन्चन राई आदिको अगुवाई भएको फलस्वरुप सफलतापूर्वक कार्य समाप्त भयो | यस कार्यलाई नाली डाँडाका कतिपय नागरिकवर्गले पनि सहयोग गरे वापद नागरिकबर्ग तथा संगठनका प्रत्येक सदस्य- सदस्याबर्गलाई संगठनको पक्षमा मूल सचिव बुद्ध कुमार थापाले कृतज्ञता प्रकट गरेको छ | यसै सफाई अभियानमा कतिपय नागरिकलाई आ - आफ्नो दोकान / घर अघिको राखिएको सामानहरुलाई स्थानान्तर गरी सडक खुल्ला राखीदिने हार्दिक अनुरोध पनि गरियो | विशेष मंग्पू अस्पताल जाने सडक नगिच पुरानो सौचालय परिसरमा अब उसो कसैले पनि मैला नाफ्याकने , नफ्याकिदिने सम्पूर्ण नागरिकबर्ग / व्यापारीवर्गलाई आह्वान गर्दै यसरी नै भविष्यको संगठनको कार्यक्रमहरुमा सबैलाई एक भइ साथ दिने आशा - भरोसा राखेको जानकारी एक विज्ञप्ति मार्फत संगठन सचिव बुद्ध कुमार थापाले दिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?