भासुवामा सडक भासिएर राजमार्ग वाधित
MUNGPOO/मंग्पू ,केशर मोक्तान : हिज रात भरि परेको मुसलधारे पानीले राष्ट्रिय राजमार्ग ३१ ए० आज दिन भरी नै वाधित रह्यो | बाघ पूल र काली झोडा बिच भासुवामा जमिन भासिएर एक ट्रक (H.R 38J-0991) सडक बिचमा फस्दा हिज राती १२ बजे देखि आज दिन भरी नै राष्ट्रिय राजमार्ग ३१ ए० मा घण्टौ समय सम्म गाडीहरु जाममा फसे |सिलिगुडीबाट बाघपूल भएर आसाम ,गुहाटी तर्फ जाने ह्युनडाइ गाडी बोक्ने ट्रक बाटो भुलेर सिक्किम राष्ट्रिय राजमार्ग तर्फ जादा भसुवामा पुगेर सडक बिचमा भासिन पुग्दा नै राजमार्ग वाधित बन्न पुग्यो | गत दुई दिन देखि परेको पानीको कारण नै भसुवामा सडक भासिएको छ | अर्को तिर लोहपूल बिरिक डाँडा नजिक सिमा सडक संगठन द्वारा सडक विस्तारीकरणको निम्ति खनिएको भित्तामा पनि पहिरो गएर तीन घण्टा जति राजमार्ग वाधित बन्न पुग्यो | राजमार्ग वाधित बनेको कारण हाइवे यात्री र रेलयात्रीहरु ट्रानसिफ्ट गरेर सिलिगुडी तर्फ प्रस्थान गरेको देखियो | समाचार लेखुन्जेल सम्म त्यस भसुवामा फसेको ट्रकलाई सकेको थिएन भने सिमा सडक संगठन द्वारा एक तर्फ भने सडक खोलेर वान वे - गरेर सानो सानो गाडीहरु दिउँसो एक बजे देखि चाला चल शुरु भयो | राष्ट्रिय राजमार्गको त्यस ठाउँमा प्रत्येक वर्ष नै सडक भासिने गर्दछ भने यस पल्ट पनि तीन फीट तल सडक झरीसकेको कारण कुनै पनि समय ठुलो दुर्घटना हुने सम्भावना धेर रहेको छ | सिमा सडक संगठनले सठिक तरिकाले त्यस ठाउँमा बाटो नबनाएको कारण नै प्रत्येक वर्ष त्यस ठाउँमा सडक भासिएर जाने गरेको चालकहरुको गुनासो छ | राजमार्गको गाडी जामलाई खुलाउन सेवक पुलिसले दिन भरि नै ट्राफिक कन्ट्रोल गरेको देखियो भने राजमार्गलाई खुलाउन ग्रेफका उच्च अधिकारी वर्ग पनि घटना स्थलमा बसेर श्रमिक वर्गलाई काममा खटाएको देखियो | यो भासुवाको पहिरोलाई रोक्न सिमा सडक संगठनले चाडै पहल नगरे सडकको अवस्था अझ बिग्रेर जाने सम्भावना रहेको छ | अनि यस ठाउँमा चाडै मर्मत नगरे सिक्किमको जीवन रेखा मानिने ३१ ए० धेरै दिनको निम्ति बन्द हुने सम्भावना देखिन्छ |
Post a Comment
We love to hear from you! What's on your mind?