मङपु२४अक्टोबर(केशर
मोक्तान): अंग्रेजहरुको शासनकालमा
तमाशा भनि शुरु गरिएको मङपुको
बार्षिक दिपावली खेलकुद एवं
मेला यस बर्ष पनि भब्यताको
साथ सम्पन्न हुने जानकारी मङपु
खेलकुद संघका सचिव किरण पाख्रिनले
दिएका छन | आज मात्र सिन्कोना
बगान व्यवस्थापक एवं संघका
सभापति बिदुर कार्की सभापतित्वमा
बसेको सभाले उक्त निर्णय लियो | यसरी
आगामी ६अनि ७ नोभेम्बरको दिन
स्थानीय मङपु जनमैदानमा भब्यताको
साथमा बार्षिक दिपावली खेलकुद
एवं मेला सम्पन्न हुने तय भएको
छ | पहिलो दिनको खेलमा केटाहरु
माझ खुल्ला म्याराथन दौड़ अनि
दोश्रो दिनको खेलमा केटीहरु
माझ खुल्ला म्याराथन दौड़ पनि
राखिएको छ | उक्त दुइदिने खेलकुद
समारोहमा अन्तर विभागीय ,अनि
अन्तर स्कूल माझ विभिन्न खेलकुद
पनि हुनेछ | यी खेलहरु संग संगै
संस्कृतिक कार्यक्रम,बिधालयहरु
माझ परेड लोक नृत्य इत्यादि
पनि राखिएको हुनाले आयोजक समिति
उक्त दुई दिने बार्षिक खेलकुद
समारोहमा सबैलाई हार्दिक स्वागत
गर्दछ |

Post a Comment
We love to hear from you! What's on your mind?