MUNGPOO(मङ्पू) ५ जुलाई- डी के वाइबा : आगमी ८ अगष्ट को दिन मंग्पु रविन्द्र भवनमा रविन्द्र शतवार्षीकी पालन गर्नको निम्ती कार्य युद्धस्तर्मा भैरहेको छ । मंत्री गौतम देव , पहाडका तीन बिधयक लगायत अन्य गन्य मान्य व्यक्तीहरुको उक्त कार्यक्रममा बिशेष उपस्थित रहने भएको छ । कार्यक्रमलाई पुर्णरुपले सफल पार्न हाल रविन्द्र भवनलाई मरमती गर्ने कार्य भैरहेको छ ।
स्मरण रहोस गत १३ अप्रेलको दिन उक्त भवनमा रुख ढलेर भवनको एकपट्टी भाग क्षतीग्रस्त भएको थियो । सिन्कोना बिभागले उक्त रुखलाई हटाउने कार्य गर्नुको साथै क्षतिग्रस्थ ठाउँमा पोलिथिन लगाएर पानीले भिजेर बिग्रनबाट पनि जोगाएको थियो । क्षतिग्रस्थ भवनालाई मरमती गर्न सिन्कोना विभागका निर्देशक्, महकुमा अधिकारी, खण्ड बिकास अधिकारि आदीको बैठक पनि भएको थियो । एकाधिक बैठक
बसेतापनी उक्त भवन निर्माण कार्य भने कुनै पनि बिभागबाट हुन सकेको थिएन । तर यसपल्ट मन्त्री गौतम देवको आगमनको हल्ला हुन साथ भवनको क्षतिग्रस्थ भाग मरमती कार्य सुरु भएको छ । यसरी मन्त्रीको अचानक आगमनमा भवन मरमती कार्य यती द्रुत गतीमा भैरहेको छ कि भवनको पहिलको रुपनै हुन सक्छ के भन्ने पनि प्रश्न उठ्न थालेको छ । एकातिर हाल भवनको मरमती कार्य भैरहेको छ भने अर्कोतिर
मन्त्रीको आगमन हुन अघिमात्र किन मरमती कार्य सुरु भयो भने पनि प्रश्न उब्जेको छ । किन भने यसअघी उक्त भवन मरमती गर्न कुनै पनि विभाग अघी आएको थिएन ।

निर्माणाधीन रविन्द्र संग्राहलय |
मन्त्रीको आगमन अघी यसरि मरमत कार्यले सबैलाई चकित पारेको छ । हालसम्म सिन्कोना बिभागले संरक्षण गरिराखेको भवन आजसम्म कुनैपनि बिभागमा नपरेको पनि जान्नमा आएको छ । कतै सूचना एंव संस्कृती बिभागमा हस्तान्तरण त कतै श्रमिक कल्याण केन्द्रमा हस्तान्तरण भने कतै सिन्कोना बिभागलाई पूर्ण रुपमा जिम्मा दिने चर्चा मात्र भईरहेको छ । यद्यपी कुनै निष्कर्ष भने ननिस्केको पनि जानकारी पाईएको छ ।
अर्कोतिर रवीन्द्र भवनको परिदर्शण गर्न गत केही दिन अघि सिलगढीका बिद्यायक रुद्र नारायण भट्टचार्य मङ्पू आएको खबर पूर्ण झूटो रहेको भवनमा कार्यरत शिशिर रावतले जानकारी दिएका छन् । यसरी झूटो समचार प्रकाशित भए मान्छेमा भ्रण सृजना हुने बताउँदै यस्तो झूटो खबर प्रचार नगरिदिने अनुरोध गरेका छन्।

Post a Comment
We love to hear from you! What's on your mind?