MUNGPOO(मंग्पू)२२ अगस्त/केशर मोक्तान : मंग्पूमा पनि भगवान श्री कृष्णको जन्मोत्सव एवम जन्माष्ठमी धार्मिक उल्लासको साथ पालन गरियो | रेशेप (Reshep) अनि बीच कमानको संयुक्त प्रयासमा श्री कृष्ण प्रणामी मन्दिरमा भव्यताको साथ जन्माष्ठमीपालन गरियो | यस धार्मिक अनुष्ठानमा प्रमुख अतिथिहरु सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बा अनि मोर्चा केन्द्रिय समिति सांगठानिक सचिव एवम मंग्पू लाठ पन्चर जोनका संयोजक रतन थापा रहेको थियो | यस मन्दिरमा महिनाव्यापी वितक कथा वाचन साथै पुजा पाठ पछि जन्माष्ठमी पालन गरियो | आज यस मन्दिरबाट निकालिएको शोभा यात्राले नगर परिक्रमा गरे जहाँ कृष्ण भक्तजनहरुले भजन किर्तन गर्दै नगर परिक्रमा गरे | यसै गरि समारोहको शुरुमा बगान निर्देशक डा० जी० सी० सुब्बा अनि संयोजक रतन थापाको बाहुलीबाट मन्दिरमा झण्डा उत्तोलन साथै दीप प्रज्वलन गरियो | यसरी मन्दिरमा धार्मिक प्रवचनको साथमा भजन पनि स्थानीय भक्तजनहरुले प्रस्तुत गरे |

मंगलदास गुरुजीको तस्वीरमा रतन थापाको बाहुलीबाट फूलमाला गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक थापाले मन्दिर निर्माण हेतु आर्थिक सहयोग गर्ने घोषणा गरे साथै सिन्कोना निर्देशक डा० सुब्बाले पनि मन्दिर निर्माणको निम्ति आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने बचन दिए | कथा वाचिका रायगड निवासी बिन्ध्या सुवेदी विशेष रुपमा उपस्थित थिए भने मन्दिरमा जन्माष्ठमको अवसरमा भक्तजनहरुको व्यापक भीड लागेको थियो |
Post a Comment