सिन्कोना बगान समस्यालाई लिएर दा०त०डु०प्ला०ले०यु० टोली कोलकाता प्रस्थान
mungpoo(मंग्पू)/२३ अगस्त/केशर मोक्तान: सिन्कोना बगान श्रमिकहरुको समस्यालाई लिएर आज दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेवर युनियनको एक टोली कोलकाता प्रस्थान गरेका छन् | युनियन प्रतिनिधि टोलीले भोलि राज्यका हर्टिकल्चर तथा खाद्य एवम प्रकरण विभाग मन्त्री अबुहिना चौधरी सित बैठक गरि सिन्कोना बगान श्रमिकवर्ग छ सुत्री मांगलाई पेश गर्दै एक ज्ञापन चडाउने भएको छ | आज दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेवर युनियनको पक्षमा केन्द्रिय समिति सभापति पी० टी० शेर्पा, मूल सचिव सरोज सुब्बा,सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राई, सभापति गोपाल रुचाल सदश्य मिलन प्रधान अनि गोजमुमो केन्द्रिय समिति संगठनिक सचिव एवम मंग्पू लाठ पन्चर जोन संयोजक रतन थापा मन्त्रीसित भेट गर्न कोलकाता प्रस्थान गरेका छन् | उक्त टोलीले सिन्कोना बगान भित्र रहेको तिनै वटा बन्द कुइनाइन कारखाना डायोजिन कारखाना,इमेटिन कारखाना झट्टै खुलाउन पर्ने राज्य सरकार समक्ष मांग गर्ने छन् | टोलीले बिशेष त मजदुरहरुको १९८८ साल देखि रिभाइज नभएको बेसिक वेजेसको झट्टै बडोतरी हुन पर्छ, साथै बर्तमान बजार भाउको उर्लंदो महंगाई अनुसार मजदुरबर्गको पूजा बोनस सठिक समयमा दशै अघि नै दिन पर्ने माँग गर्नेछन् | बर्तमान सरकार नयाँ भएकोले पुर्व सरकारबाट स्वीकृति भएको मजदुरबर्गको दैनिक हाजिरी चाडो भन्दा चाडो दिनु पर्छ भन्ने मांगहरु माथि जोड दिनेछ भनि सिन्कोना जोन दातडुप्लालेयु का केन्द्रिय समिति सचिव गगन राईले बताएका छन् | यस्तै गरि मन्त्रीसित बैठक गर्न आज सिन्कोना एवम अन्य औषधि पौदाका निर्देशक डा० ज्ञानचन्द्र सुब्बा पनि कोलकाता प्रस्थान गरेका छन् | निर्देशक डा० सुब्बाले भोलि बेलुकी साँझ ६ बजे देखि हर्टिकल्चर विभागका मन्त्री अबुहिमासित बैठक हुने जानकारी दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?