MUNGPOO(मंग्पू) /२३ अगस्त/केशर मोक्तान : देशको सिमानामा रक्षा गर्दा -गर्दै जम्मू काश्मीरमा कार्यरत मंग्पूको गोर्खे छोरो दिपक छेत्री शहीद बन्न पुगेको समाचारले सम्पूर्ण मंग्पूमा नै शोकको लहर छाएको छ | १९९२ सालमा 2nd/9th GR मा भर्ती भएको दिपक छेत्रीले जम्मू काश्मीरको ग्लेसियर क्षेत्रमा कार्य गरिरहेको समय अचानक हृदयघात भएर देहान्त भएको कुरो उनको परिवार सुत्रले जनाएको छ | रंग्बी बीच कमान निवासी हवलदार दिपक छेत्रीले आफ्नो मृत्यु पछि रेणु छेत्री (पत्नी ) अनि दुई छोरीहरु रोजा र मेघालाई छोडेर गएका छन् | जम्मू काश्मीरमा फौजमा कार्य गरिरहेको समय हिउँको चिसो ज्यादा भएको कारण अचानक हृदयघात भएर उनको मृत्यु भएको परिवारका एक सदश्यले जनाएको छ | दर्जीलिंगको जल पहाडबाट सेना भर्ती भएर गएका हवलदार छेत्रीले आफ्नो सैनिक जीवनकाल १८ वर्ष पुरा गरि सकेका थिए भने हालैमा मात्र जम्मू काश्मीर लागेको जान्नमा आएको छ | शहीद छेत्रीको पार्थिव शरीर भोलि बुद्धबार जम्मू काश्मीरबाट हवाई मार्ग भएर बाघ डुग्रा बिमान स्थलबाट सिलिगुडी हुँदै निज बास स्थान रेशेप मंग्पू मा ल्याई पुराउने परिवार सुत्रले जानकारी दिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?