Kalimpong-Chhatray Subba News-छत्रे सुब्बा मुक्ति मामिलामा कोर्टले आफ्नो फैसला 9 सेप्टेम्बरमा सुनाउने निर्णय

Kalimpong(कालेबुङ)30अगस्त/प्रदीप लोहगुन:- गोरामुमो सुप्रिमो अनि तत्कालिन दागोपाप अध्यक्ष सुवास घिसिङमाथि प्राणघातक आक्रमण गरेको आरोपमा बिगत एक दशकदेखि बन्दी जीवन बिताइरहेका छत्रे सुब्बालगायत अन्य छः जना बन्दीहरुको मुक्तिको आशा त्यसबेला निराशामा परिणत भयो जतिबेला जलपाईगुडी फास्ट ट्र्याक कोर्टका जर्जले कोर्टका कतिपय तकनिकी उपकरणमा खराबी उत्पन्न भएको कारण आज यस मामिलाको अंतिम निर्णय सुनाउन नसकिने घोषणा गरे। बिगत 2006देखि घिसिङ हमलाकाण्डको सुनवाई गरिरहेको जलपाईगुडी फास्ट ट्राक कोर्टले आज यस मामिलामा आफ्नो अंतिम निर्णय सुनाउने तय भएको थियो। कोर्टले यस मामिलामा आफ्नो फैसला आगामी 9 सेप्टेम्बरमा सुनाउने निर्णय लिएको छ। फास्ट ट्रयाक कोर्टको जर्जको यस निर्णयले बन्दीहरुको मुक्तिको लागि सक्रिय रहेको क्रामाकपाको बन्दी मुक्ति सेलका कार्यकर्ता र बन्दीका परिवारहरु निराशा हात लिएर फर्कनु परेको छ। रिहाई हुने प्रशस्त सम्भावना रहेको यी बन्दीहरुको मामिलामा निर्णय लिन बिलम्ब गरेर कोर्टले राजनैतिक दबाउको कारण यस्तो गरि रहेको हो कि भन्ने क्रामकपाले शंका जाहेर गरेको छ। आज यस मामिलामा कोर्टले आफ्नो अंतिम निर्णय दिने कुरालाई केन्द्र गरी बन्दीका परिवारका सदस्य र  क्रामाकपाको युवा संगठनका अध्यक्ष अरुण घतानी जलपाईगुडी कोर्टमा पुगेका थिए। 
बर्ष 2001को फरवरीमा खरसाङको सातघुम्तीमा  तत्कालिन दागोपाप प्रमुख सुवास घिसिङमाथि आक्रमण गरेको आरोपमा ज़ीएलओ प्रमुख छत्रे सुब्बालगायत खरसाङका शरण देवान, गुञ्जे लामा, कालेबुङका बिजय छेत्री, किर्नेका श्याम कार्की अनि लोहापूलका कुमार छेत्रीले बिगत एक दशकदेखि जलपाईगुडी जेलमा बन्दी जीवन बिताइ रहेका छ्न।2006देखि सुनवाई शुरु भएको यस मामिलामा अहिलेसम्म 75 जना साक्षीहरुले आफ्नो बयान दिई सकेका छन। यस मामिलामा साक्षीको बयान र पैरवीको प्रक्रिया पूरा भइ सकेको कारण अब जर्जले आफ्नो निर्णय सुनाउन मात्र बाँकी छ। यी 6 जना बन्दीहरुको मुक्तिको सम्भावना नै प्रबल रहेको क्रामाकपाको भनाई छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.