Mungpoo Nali dara-किराती खम्बु (राई ) सांस्कृतिक संस्थान मंग्पू जोनल समितिको पुनर्गठन

Mungpoo(मंग्पू )३० अगस्त/केशर मोक्तान : किराती खम्बु (राई ) सांस्कृतिक संस्थान मंग्पू  जोनल समितिको एक जरुरी सभा जोनल समिति कै प्रमुख माङपा संग्रामसिंह राईको सभापतित्वमा स्थानीय नाली डाडा स्थित संस्थानको कार्यलयमा सम्पन्न भयो |
 मंग्पू जोनल समितिको स्थापनाकाल देखि नै सांगठनिक रुपमा मंग्पूका राई जातिको कल्याण हेतु तन - मन धनले खटेर संस्थानलाई एकबद्ध गराई आजको समृद्ध स्तिथिमा सम्म ल्याईपुराउने जोनल समितिका सभापति श्री जी० एम० राई अनि उप सभापति श्री बाल कुमार राईलाई किराती खम्बु सांस्कृतिक संस्थानको केन्द्रिय समितिले कार्यकारी सदश्यको रुपमा चुनेर पदोन्नति गरेको खबरलाई जोनल समितिको सचिव श्री जगत राईले सभामा जानकारी गराए | यस महत्वपूर्ण कार्यको निम्ति केन्द्रिय समितिलाई पनि धन्यबाद दिदै जोनल समितिको पक्षबाट श्री जी० एम० राई अनि बाल कुमार राईलाई बेतथेबुङ र सायाबुङपहिराई बधाई शुभ कामना व्यक्त गरियो | सभाले प्रस्ताव लिए अनुसार सभापति र उपसभापतिको पदोन्नति पछि रिक्त रहेको पदलाई पुरा गर्न पुर्व जोनल समितिलाई विघटन गरि श्री जे० एम० राई तथा श्री बी० के० राई लाई निर्वाचन अधिकारी मनोनित गरेर निम्न प्रकारले नया जोनल समिति निर्माण गरियो --
सभापति  - श्री कन्चन कुमार राई
उपसभापति- श्री डी० पी० राई चामलिंग   बी० आर० राई
सचिव - श्री जगत राई
उप सचिव श्री बी० एम० राई
लेखापरिक्षक- श्री एस० एम० राई
प्रचार- प्रसार सचिव - श्री उदय थुलुंग
कार्यलय सचिव- श्री भिशु राई ,कुमार राई
संरक्षकवर्ग - श्री जी० एम० राई, श्री घनश्याम राई, श्री संग्रामसिंह राई
यी लगायत मंग्पूका सम्पूर्ण शाखा-प्रशाखाका प्रतिनिधिहरु लिएर अठाह्र जनालाई सल्लाहकारको रुपमा चयन गरियो | नव गठित समितिलाई केन्द्रिय समितिले २८/०८/२०११ को दिन पूर्ण रुपले अनुमोदन प्रदान गरिसकेको तथा नव गठित जोनल समितिले आफ्नो केन्द्रिय समितिसित असल तालमेल राखी खम्बु राईको कल्याण र उन्नतिको निम्ति आगमी पाइला चाल्ने प्रस्ताव सभामा ग्रहण गरेको जानकारी जोनल समितिका प्रचार प्रसार सचिव श्री उदय थुलुंगले बिज्ञप्ति मार्फत दिएका छन् |


Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.