MUNGPOO(मंग्पू) १ अगस्त/केशर मोक्तान : मंग्पू खेलकूद संघको आयोजनामा सम्पन्न स्वतन्त्रता दिवश च्यालेन्ज शिल्ड नक आउट टुर्नामेन्टको उदघाटनी खेल संघ कै सभापति सी० बी० थापा (व्यवस्थापक सरकारी कुइनाइन एवम अन्य औषधीय पौधाहरु ) को अध्यक्षता साथै संघका मूल सचिव राम पोख्रेल लगायत संघ कै प्रमुख सल्लाहकार प्रदीप छेत्री र अन्य सदश्यहरुको उपस्थितिमा २८ जुलाईको दिन मंग्पू जन मैदानमा गुड स्टार्ट एकडमी वनाम शारदा उच्च विध्यालय माझ सम्पन्न भयो | उक्त खेलमा गुड स्टार्ट एकडमी विजय बनेर क्वाटर फाइनलमा प्रवेश गरे भने ३१ जुलाईमा ज्ञानपीठ उच्च विध्यालय बनाम सरस्वती उच्च विध्यालय माझको खेलमा ज्ञानपीठ उच्च विध्यालय विजय बने , यसरी नै उक्त दिन सिनियर खेल काकझोडा दार्जीलिंग बनाम गुड स्टार्ट एकडमी मंग्पू माझ सम्पन्न भयो जसमा गुड स्टार्ट एकडमीले शुरुवातदेखि नै आक्रमक खेला प्रदर्शन गर्दै ६ गोल गरेर कागझोडा दार्जीलिंगलाई परास्त पारे | खेलको अन्त सम्म कागझोडा दार्जीलिंगको गोल गर्ने प्रयाश असफल भएर " 0 " मै सिमित रहे | १ अगस्त अगमसिंह गिरी जुनियर हाई स्कूल बनाम लाब्दा एम० एस० के० माझ सम्पन्न रोमान्चक खेलमा अगमसिंह गिरी जुनियर हाई स्कूल विजय बने | उक्त दिनको दोश्रो खेल सरस्वती उच्च विधालय बनाम मंग्पू विभाग, मंग्पू माझको खेलमा मंग्पू विभाग \मंग्पू विजय बने |
२ अगस्त सरस्वती उच्च विधालय वनाम कस्तुरी एम० एस० के० माझ अनि पी० वाई० सी० रेशेप बनाम रन्जु भेली माझ सम्पन्न हुनेछ| मंग्पू खेलकूद संघको आयोजनामा सम्पन्न भइरहेको खेलको फाइनल खेला आगमी १५ अगस्त स्वतन्त्रता दिवशको उपलक्ष्यमा सम्पन्न हुनेछ | विशेष उक्त फाइनल खेलको विजयी दललाई नगद पुरस्कार १० हजार , पराजित दललाई ५ हजार साथमा स्वतन्त्रता दिवश शिल्ड पनि दिइने छ | फाइनल खेलको दिन विभिन्न रंगारंग कार्यक्रमको साथमा सांगीतिक कला एकाईबाट देश भक्ति गीत प्रस्तुत गरिने जानकारी संघका मूल सचिव राम पोख्रेलले दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?