मोहन ठकुरी अनि कृष्णसिंह मोक्तानलाई त्रिमूर्ति पुरस्कार

मनोज बोगटी/कालेबुङ, 2 सितम्बर : दार्जीलिङका वरिष्ठ उपन्यासकार कृष्णसिंह मोक्तान अनि मङ्‌पूका मुर्ध्यन्य कवि  मोहन ठकुरीलाई त्रिमूति निकेतन काठमाण्डौले हिजो एक समारोहबीच सातौं त्रिमूर्ति पुरस्कारले सम्मान जनायो। क्षिमुक्ति भवनमा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँला रहेका थिए। 
यस समारोहमा नै त्रिमुर्ति निकेतनले  नेपाल र भारतका  जम्मा 8 जना साहित्यकारहरूलाई पुरस्कार र सम्मान प्रदान गर्‍यो। समारोहमा मुख्य अतिथि बैरागी काइलाको बाहुलीबाट दार्जीलिङका दुइ साहित्यकार मोक्तान अनि ठकुरीले सातौं त्रिमुर्ति पुरस्कार ग्रहण गरे। उनीहरूलाई पुरस्कार स्वरुप सम्मान पत्र, स्मृति चिन्ह अनि नगद राशि 25 हजार रुपिया प्रदान गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले  नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान गरेवापत मोक्तान र ठकुरीलाई 'त्रिमूर्ति पुरस्कार' प्रदान गरिएको जनाए। 
तिनले नेपाल र दार्जीलिङका साहित्यकारहरुबीच समन्वय स्थापित गर्न अनि उनीहरूले गरेको साहित्य कर्मयो योगदान पुर्‍याउन नै पुरस्कार स्थापना गरिएको पनि जनाए। यसै कार्यक्रमबीच त्रिमूर्ति निकेतनको अन्तर्राष्ट्रिय सम्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशीलाई काठमाडौं विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि प्रदान गरिएकोमा प्रमुख अतिथि बैरागी काइँलाद्वारा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो। 


यसैबीच बैरागी काइँलाले सिन्धुराज्यलक्ष्मी राणाको सौजन्यमा प्रकाशित तथा माधव वियोगीद्वारा रचित बालकृष्ण समको गाथामा आधारित महाकाव्य 'नाट्यसम्राट्'को लोकार्पण पनि गरे। यसैसमारोहबीच दार्जीलिङका चर्चित नाटककार तथा अहिले नेपालका वासिन्दा रहेका मनबहादुर मुखियालाई पनि बालकृष्ण सम पुरस्कार प्रदान गरिएको थियो भने नेपालका साहित्यकार डा.शैलेन्दुप्रकाश नेपाललाई लेखनाथ पौड्याल पुरस्कार अनि तोया गुरुङलाई देवकोटा काव्य पुरस्कारबाट पुरस्कृत गरियो। उनीहरूलाई पुरस्कारकोरूपमा स्मृति चिन्ह्, कदरपत्र अनि नगद दस हजार रुपियॉं प्रदान गरिएको थियो।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति वैरागी काइँला, उपकुलपति गङ्गाप्रसाद उप्रेती, लेखनाथ पौड्याल काव्यसभाका संयोजक खनूपरुदे रामबाबू, बालकृष्ण सम फाउन्डेशनका संयोजक प्रा.डा.गार्गी शर्मा, अन्तर्राष्ट्रिय सर्म्पर्क समितिका संयोजक डा.सत्यमोहन जोशी, त्रिनारी रत्न स्मारकका संयोजक डा.मोदनाथ प्रश्रित र सदस्यसचिव नरेन्द्रराज प्रसाईले कार्यक्रमलाई सम्बोधन गरेका थिए।
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.